
१९ असार, काठमाण्डौं । नेपालमा आज अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज ७४० जनामा संक्रमण पुष्टि भएको हो । यो अहिलेसम्मकै बढी हो ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ४,४८३ वटा नमुना परीक्षणमा ७४० जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ७४० जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १५,२५९ पुगेको छ ।
आज काठमाण्डौंका २८ जनासहित ४७३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १४,५१९ पुग्यो