back
CTIZAN AD

‘अतालिन्छ यो मन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

वि.सं.२०७७ असार १९ शुक्रवार

819 

shares

१९ असार काठमाडौं । चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक भएको छ ।

रोमाण्टिक भर्सनको यस गीतमा शब्द कवि तथा गीतकार बिक्रम साम्पाङको रहेको छ । गीतमा संगीत शंकर थापा ‘स्माइल’ को रहेको छ भने संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।

म्युजिक भिडियोमा रविन बिस्ट र अश्मी श्रेष्ठको रोमान्स देख्न सकिन्छ । प्रदिप बस्नेतले सम्पादन गरेको भिडियोलाई देव जंग थापाको निर्देशनमा तयार पारिएको हो । सुबाथ लिम्बुको सहयोगमा निर्माणमा भएको भिडियोलाई डश म्युजिक नेपालको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

नेपाली भाषी भुटानी गीतकार साम्पाङले १५ वर्षको उमेर देखि संगीत र साहित्यमा रुचि राख्न थालेका हुन् । यसअघि उनका ‘गर्व लाग्छ’ र ‘महसुस’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन् । गायक शिव परियारको ठुलो प्रसंशक रहेका साम्पाङले शिव परियारसंग काम गर्न पाउदा आफ्नो ठुलो सपना पुरा भएको बताएका छन् ।

अमेरिकामा फिल्म निर्माण अध्ययन गरिरहेका साम्पाङले न्यु क्रियशन प्रोडक्शन नामक च्यानल समेत चलाइरहेका छन्। आगामी दिनहरुमा अझ स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उनले बताएका छन् । यस म्युजिक भिडियो मार्फत दर्शक, स्रोता र मिडिया हाउसबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा साम्पाङले गरेका छन् ।

 

वि.सं.२०७७ असार १९ शुक्रवार १७:०३ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...