Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

‘अतालिन्छ यो मन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)



१९ असार काठमाडौं । चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक भएको छ ।

रोमाण्टिक भर्सनको यस गीतमा शब्द कवि तथा गीतकार बिक्रम साम्पाङको रहेको छ । गीतमा संगीत शंकर थापा ‘स्माइल’ को रहेको छ भने संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।

म्युजिक भिडियोमा रविन बिस्ट र अश्मी श्रेष्ठको रोमान्स देख्न सकिन्छ । प्रदिप बस्नेतले सम्पादन गरेको भिडियोलाई देव जंग थापाको निर्देशनमा तयार पारिएको हो । सुबाथ लिम्बुको सहयोगमा निर्माणमा भएको भिडियोलाई डश म्युजिक नेपालको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

नेपाली भाषी भुटानी गीतकार साम्पाङले १५ वर्षको उमेर देखि संगीत र साहित्यमा रुचि राख्न थालेका हुन् । यसअघि उनका ‘गर्व लाग्छ’ र ‘महसुस’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन् । गायक शिव परियारको ठुलो प्रसंशक रहेका साम्पाङले शिव परियारसंग काम गर्न पाउदा आफ्नो ठुलो सपना पुरा भएको बताएका छन् ।

अमेरिकामा फिल्म निर्माण अध्ययन गरिरहेका साम्पाङले न्यु क्रियशन प्रोडक्शन नामक च्यानल समेत चलाइरहेका छन्। आगामी दिनहरुमा अझ स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उनले बताएका छन् । यस म्युजिक भिडियो मार्फत दर्शक, स्रोता र मिडिया हाउसबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा साम्पाङले गरेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम