back
CTIZAN AD

किसानमाथिको दमन बन्द गर्न किसान यूनियनको आग्रह

वि.सं.२०७७ असार २१ आइतवार

747 

shares

२१ असार, काठमाडौँ । अखिल नेपाल किसान यूनियनले किसानहरुमाथिको दमन बन्द गर्न आग्रह गरेको छ ।

युनिएनका अध्यक्ष लोकनारायण सुबेदीद्वारा जारी विज्ञप्तीमा ललितपुर खोकनाका किसानहरुमाथिको दमन बन्द गर्न माग गर्दै किसानबाट अधिकरण गरिने जग्गाको उचित मुआबजा तोक्न आग्रह गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा देशमा कारोना भाइरसको फैलिदो प्रकोपले पिरोलिरहेको बेला मनसुनी बर्षा शुरु भएसँगै अबिरल बर्षाका कारण देशका बिभिन्न जिल्लामा पहिरो र बाढीले कतिपय किसान परिवारले ज्यानै गुमाएका, कतिपय बेपत्ताको स्थितिमा रहेको र कयौ घाइते भएको तथा धनजनको ठूलो क्षति भएको स्थितिप्रति गहिरो दुःख ब्यक्त गरिएको छ ।

खाशगरी पश्चिम नेपालका बझाङ्ग, पाल्पा, गुल्मी, स्याङ्गजा, गोर्खा, लमजुङ्ग, सल्यान र दार्चुल जिल्लाहरुमा यो प्राकृतिक बिपत्तीमा परेका परिवारलाई आवश्यक राहत र क्षतिपूर्ति दिन पनि यूनियनले जोडदार माग समेत गरेको छ ।

अखिल नेपाल किसान यूनियनद्वारा जारी विज्ञप्ती यस्तो छ :

किसानको जीवन रक्षा गर, उचित मुआबजा देऊ !

देशमा कारोना भाइरसको फैलिदो प्रकोपले पिरोलिरहेको बेला मनसुनी बर्षा शुरु भएसँगै अबिरल बर्षाका कारण देशका बिभिन्न जिल्लामा पहिरो र बाढीले कतिपय किसान परिवारका दुइ दर्जन जति दिदी बहिनी तथा दाजुभाइले जीवननै गुमाएको, कतिपय बेपत्ताको स्थितिमा रहेको र कयौ घाइते भएको तथा धनजनको ठूलो क्षति भएको स्थितिप्रति अखिल नेपाल किसान यूनियन गहिरो दुःख ब्यक्त गर्दछ । ।

खाशगरी पश्चिम नेपालका बझाङ्ग,पाल्पा, गुल्मी, स्याङ्गजा, गोर्खा, लमजुङ्ग, सल्यान र दार्चुल जिल्लाहरुमा यो प्राकृतिक बिपत्तीमा परेका परिवारलाई आवश्यक राहत, र क्षतिपूर्ति दिन राज्यसँग अखिल नेपाल किसान यूनियन जोडदार माग गर्दछ । घाइते किसानहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । साथै बाढी पहिरोको उच्च जोखिम रहेका जिल्ला र क्षेत्रहरुका किसान दिदी बहिनी दाजुभाइहरुको जीवन रक्षा गर्ने सबै उपाय गर्न र आवश्यकत सतर्कता अपनाउन पनि किसान यूनियन जोडदार माग गर्दछ ।

यसैगरी ललितपुर खोकनाका किसानहरुले कृषि भूमि र प्राचीन सभ्यताको रक्षाको मागलाई समर्थन गर्दै सरोकारवाला किासनहरुको सक्रिय सहभागिता, सम्मपित र रोहभरमा मात्र किसानबाट अधिकरण गरिने जग्गाको उचित मुआबजा तोक्न र यसको माग गर्ने किसानहरुमाथिको दमन बन्द गर्न पनि अखिल नेपाल किसान यूनियन राज्यसँग जोडदार माग गर्दछ ।

लोकनारायण सुबेदी अध्यक्ष
अखिल नेपाल किसान यूनियन
२१ असार २०७७

 

वि.सं.२०७७ असार २१ आइतवार १६:५४ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...