back
CTIZAN AD

ओली र प्रचण्डको फोहोरी खेल, निरिह बनेका नेता र कार्यकर्ता

वि.सं.२०७७ असार २१ आइतवार

1.1K 

shares

नेकपाका सत्ताइतर नेतागण पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णय मान्नुपर्ने जिकिर गरिरहनुभएको छ । उहाँहरुले नेकपाको ईतिहासको वर्तमान विन्दुमा पार्टीको आधिकारिक अस्तित्व कहाँ छ भनेर ख्याल गरेको जस्तो लागेन ।

पार्टी एकताको निर्णयसंगै एकिकृत पार्टीलाई दुई अध्यक्षको चरणमा सुम्पिसकिएको थियो । दुवै अध्यक्षको सहमतिको निर्णयमात्रै पार्टी निर्णय मानिने भएपछि वरिष्ठ नेतासहित अन्य तमाम मतको वैधानिक मान्यता भुस बराबर पनि रहेन ।


बुझ्नुपर्ने कुरा, पार्टी एकताको निर्णयसंगै एकिकृत पार्टीलाई दुई अध्यक्षको चरणमा सुम्पिसकिएको थियो । दुवै अध्यक्षको सहमतिको निर्णयमात्रै पार्टी निर्णय मानिने भएपछि वरिष्ठ नेतासहित अन्य तमाम मतको वैधानिक मान्यता भुस बराबर पनि रहेन ।

बहुमत निर्णय नै पार्टी निर्णय त्यतिबेला मानिन्थ्यो जतिवेला पार्टीमा लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रियताको पद्धति कायम थियो । प्रतिस्पर्धा र बहुमतको निर्णय मान्य हुने जबजको प्राण मूल्य जीवित थियो । पार्टी एकता गर्ने क्षणमा ति तमाम मुल्य मान्यताहरुलाई भोग बली दिईएको थियो । र, त्यस्को टिका प्रसादग्रहण उहाँहरु सबैले नै गर्नु भएकै हो ।

पूर्वएमालेभित्र अझै पनि ओलीले किन अकस्मात पार्टी एकता गरे भनेर आश्चर्य मान्ने गर्दछन् । तर, यस घटनालाई धेरै अनौठो मान्नुपर्ने केही छैन् । पार्टी एकताबाट ओलीलाई दुईवटा दुर्लभ अवसर प्राप्त भयो, एउटा हो सत्ताको सुनिश्चितता, अर्को हो पार्टीको सम्पूर्ण निर्णय अधिकार वा प्राधिकार आफ्नो हातमा आउने ।


पूर्वएमालेभित्र अझै पनि ओलीले किन अकस्मात पार्टी एकता गरे भनेर आश्चर्य मान्ने गर्दछन् । तर, यस घटनालाई धेरै अनौठो मान्नुपर्ने केही छैन् । पार्टी एकताबाट ओलीलाई दुईवटा दुर्लभ अवसर प्राप्त भयो, एउटा हो सत्ताको सुनिश्चितता, अर्को हो पार्टीको सम्पूर्ण निर्णय अधिकार वा प्राधिकार आफ्नो हातमा आउने । जनैको साँचो जस्तो नित्य साथमा राख्न पाईने अवसर । त्यस्तो स्वर्ण मौका ओलीजस्तो चतुर खेलाडीले उम्कन दिने कुरो भएन नै ।

जनमत र सांगठनिक शक्ति मात्र होईन पार्टीलाई झोलीमा, गोजीमा हालेर हिंड्ने प्रचण्डको ब्राण्डेड शैलीप्रति ओली निकै आकर्षित थिए । आफू सत्तामा हुँदा प्रचण्डको त्यो संठनात्मक डक्ट्रिन कति उपयोगी हुन्छ भन्ने कुरा ओलीजस्तो खेलाडीलाई थाहा नहुने कुरा भएन ।

प्रचण्ड नेतृत्वको नेकपा माओवादी शान्ति प्रक्रियामा आईसकेपछि नेपालमा सहमतीय प्रणालीको प्रवेश भयो । त्यसको कपटपूर्ण प्रयोगले मुलुकलाई झण्डै एकदशक सतायो । सानो समुहले ठुलो शक्तिलाई काबुमा राख्न सकिने यो सहमतीय राजनीतिको अश्त्र प्रचण्डले निकै प्रयोग गरे ।


प्रचण्ड नेतृत्वको नेकपा माओवादी शान्ति प्रक्रियामा आईसकेपछि नेपालमा सहमतीय प्रणालीको प्रवेश भयो । त्यसको कपटपूर्ण प्रयोगले मुलुकलाई झण्डै एकदशक सतायो । सानो समुहले ठुलो शक्तिलाई काबुमा राख्न सकिने यो सहमतीय राजनीतिको अश्त्र प्रचण्डले निकै प्रयोग गरे ।

लामो समय देशलाई अनिर्णयको बन्दी बनाउने, स्वाभाविक प्रक्रियालाई अनिश्चितकालसम्म ‘डेडलक’ राख्नमा दुरुपयोग हुने गरेको त्यो सहमतिय हतियार ‘प्रचण्डास्त्र’ अहिले ओलीको हातमा पुगेको छ । त्यो अचुक दिव्यास्त्र हात पार्न ओलीले एकताको नाटक र आलोपालोको बाचा कवुल गर्नु चरित्रअनुसार अस्वाभिक थिएन ।

यस्तो अवस्थामा पार्टीका भनिएका बैठकहरुको मान्यता मध्ययुगीन शासकहरुको भारदारी सभा जत्तिको पनि छैन । पार्टी एकता चुनावी विजयको मदहोसमा ओलीजीलाई बादशाह सम्राट स्विकारेको पञ्जापत्र गरिसक्नु भएको छ । अब कुनै भद्र राजनीतिबाट बादशाही घोडाबाट ओराल्ने चेष्टा व्यर्थ छ ।

हुन त, बादशाह त प्रचण्डलाई पनि मानिएको हो तर उनीसँग न सत्ता शक्तिको घोडा छ नत लगाम नै । उनको यस्तो विवशता छ की, न अध्यक्षको मानार्थ पगरी फ्याक्न सक्छन न ओलीलाई शक्तिबाट न्याक्न सक्छन ।

पूर्वप्रमहरु सहित अरुको हालत पनि निरिह सेनापतिको सिपाही जस्तो । मूल्य र सिद्धान्तको राजनीतिबाट च्यूत भएर कथित व्यवहारिकताको नाममा अवसरवादको दलदलमा जाँकिदाको परिणाम कस्तो हुन्छ अझै भोग्न बाँकी छ ।

(लेखक पौडेल हाल डेनमार्कमा छन्)

वि.सं.२०७७ असार २१ आइतवार १७:०५ मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...