
नेकपाका सत्ताइतर नेतागण पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णय मान्नुपर्ने जिकिर गरिरहनुभएको छ । उहाँहरुले नेकपाको ईतिहासको वर्तमान विन्दुमा पार्टीको आधिकारिक अस्तित्व कहाँ छ भनेर ख्याल गरेको जस्तो लागेन ।
पार्टी एकताको निर्णयसंगै एकिकृत पार्टीलाई दुई अध्यक्षको चरणमा सुम्पिसकिएको थियो । दुवै अध्यक्षको सहमतिको निर्णयमात्रै पार्टी निर्णय मानिने भएपछि वरिष्ठ नेतासहित अन्य तमाम मतको वैधानिक मान्यता भुस बराबर पनि रहेन ।
बुझ्नुपर्ने कुरा, पार्टी एकताको निर्णयसंगै एकिकृत पार्टीलाई दुई अध्यक्षको चरणमा सुम्पिसकिएको थियो । दुवै अध्यक्षको सहमतिको निर्णयमात्रै पार्टी निर्णय मानिने भएपछि वरिष्ठ नेतासहित अन्य तमाम मतको वैधानिक मान्यता भुस बराबर पनि रहेन ।
बहुमत निर्णय नै पार्टी निर्णय त्यतिबेला मानिन्थ्यो जतिवेला पार्टीमा लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रियताको पद्धति कायम थियो । प्रतिस्पर्धा र बहुमतको निर्णय मान्य हुने जबजको प्राण मूल्य जीवित थियो । पार्टी एकता गर्ने क्षणमा ति तमाम मुल्य मान्यताहरुलाई भोग बली दिईएको थियो । र, त्यस्को टिका प्रसादग्रहण उहाँहरु सबैले नै गर्नु भएकै हो ।
पूर्वएमालेभित्र अझै पनि ओलीले किन अकस्मात पार्टी एकता गरे भनेर आश्चर्य मान्ने गर्दछन् । तर, यस घटनालाई धेरै अनौठो मान्नुपर्ने केही छैन् । पार्टी एकताबाट ओलीलाई दुईवटा दुर्लभ अवसर प्राप्त भयो, एउटा हो सत्ताको सुनिश्चितता, अर्को हो पार्टीको सम्पूर्ण निर्णय अधिकार वा प्राधिकार आफ्नो हातमा आउने ।
पूर्वएमालेभित्र अझै पनि ओलीले किन अकस्मात पार्टी एकता गरे भनेर आश्चर्य मान्ने गर्दछन् । तर, यस घटनालाई धेरै अनौठो मान्नुपर्ने केही छैन् । पार्टी एकताबाट ओलीलाई दुईवटा दुर्लभ अवसर प्राप्त भयो, एउटा हो सत्ताको सुनिश्चितता, अर्को हो पार्टीको सम्पूर्ण निर्णय अधिकार वा प्राधिकार आफ्नो हातमा आउने । जनैको साँचो जस्तो नित्य साथमा राख्न पाईने अवसर । त्यस्तो स्वर्ण मौका ओलीजस्तो चतुर खेलाडीले उम्कन दिने कुरो भएन नै ।
जनमत र सांगठनिक शक्ति मात्र होईन पार्टीलाई झोलीमा, गोजीमा हालेर हिंड्ने प्रचण्डको ब्राण्डेड शैलीप्रति ओली निकै आकर्षित थिए । आफू सत्तामा हुँदा प्रचण्डको त्यो संठनात्मक डक्ट्रिन कति उपयोगी हुन्छ भन्ने कुरा ओलीजस्तो खेलाडीलाई थाहा नहुने कुरा भएन ।
प्रचण्ड नेतृत्वको नेकपा माओवादी शान्ति प्रक्रियामा आईसकेपछि नेपालमा सहमतीय प्रणालीको प्रवेश भयो । त्यसको कपटपूर्ण प्रयोगले मुलुकलाई झण्डै एकदशक सतायो । सानो समुहले ठुलो शक्तिलाई काबुमा राख्न सकिने यो सहमतीय राजनीतिको अश्त्र प्रचण्डले निकै प्रयोग गरे ।
प्रचण्ड नेतृत्वको नेकपा माओवादी शान्ति प्रक्रियामा आईसकेपछि नेपालमा सहमतीय प्रणालीको प्रवेश भयो । त्यसको कपटपूर्ण प्रयोगले मुलुकलाई झण्डै एकदशक सतायो । सानो समुहले ठुलो शक्तिलाई काबुमा राख्न सकिने यो सहमतीय राजनीतिको अश्त्र प्रचण्डले निकै प्रयोग गरे ।
लामो समय देशलाई अनिर्णयको बन्दी बनाउने, स्वाभाविक प्रक्रियालाई अनिश्चितकालसम्म ‘डेडलक’ राख्नमा दुरुपयोग हुने गरेको त्यो सहमतिय हतियार ‘प्रचण्डास्त्र’ अहिले ओलीको हातमा पुगेको छ । त्यो अचुक दिव्यास्त्र हात पार्न ओलीले एकताको नाटक र आलोपालोको बाचा कवुल गर्नु चरित्रअनुसार अस्वाभिक थिएन ।
यस्तो अवस्थामा पार्टीका भनिएका बैठकहरुको मान्यता मध्ययुगीन शासकहरुको भारदारी सभा जत्तिको पनि छैन । पार्टी एकता चुनावी विजयको मदहोसमा ओलीजीलाई बादशाह सम्राट स्विकारेको पञ्जापत्र गरिसक्नु भएको छ । अब कुनै भद्र राजनीतिबाट बादशाही घोडाबाट ओराल्ने चेष्टा व्यर्थ छ ।
हुन त, बादशाह त प्रचण्डलाई पनि मानिएको हो तर उनीसँग न सत्ता शक्तिको घोडा छ नत लगाम नै । उनको यस्तो विवशता छ की, न अध्यक्षको मानार्थ पगरी फ्याक्न सक्छन न ओलीलाई शक्तिबाट न्याक्न सक्छन ।
पूर्वप्रमहरु सहित अरुको हालत पनि निरिह सेनापतिको सिपाही जस्तो । मूल्य र सिद्धान्तको राजनीतिबाट च्यूत भएर कथित व्यवहारिकताको नाममा अवसरवादको दलदलमा जाँकिदाको परिणाम कस्तो हुन्छ अझै भोग्न बाँकी छ ।
(लेखक पौडेल हाल डेनमार्कमा छन्)