back
CTIZAN AD

नवगठित एमालेका नेतासँग प्रधानमन्त्रीको पुरानो सम्बन्ध रहेको खुलासा

वि.सं.२०७७ असार २१ आइतवार

774 

shares

काठमाडौं । नवगठित एमालेका पदाधिकारी निर्वाचन आयोगमा पार्टी दर्ता गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका केही नेतासँग निकट रहेको बुझिएको छ। पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिनुअघि प्रधानमन्त्रीसँग एमालेका उपाध्यक्ष, सचिवलगायत नेताको साइनो रहेको फोटो सामाजिक सञ्जालमा देख्न पाइन्छ।

उपाध्यक्ष अस्मिता सुनवार गत दसैंमा प्रधानमन्त्रीसँग टीका थाप्न गएकी र प्रधानमन्त्रीसँग बसेर फोटो खिचाएकी थिइन्। जुन फोटो अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ। यसैगरी अर्की उपाध्यक्ष भगवती खड्काले पनि गत दसैंमा नेकपाका नेता महेश बस्नेतको हातबाट टीका लगाएकी थिइन्। सो फोटो उनले सामाजिक सञ्जालमा राखेकी छन्। खड्का रेसलर पनि हुन्।

यसअघि उनी नेपाल कम्युनिस्ट पार्टीसँग निकट थिइन्। एमाले दर्ता गर्नुअघि खड्काको साइनो प्रधानमन्त्री तथा नेकपाका नेताहरूसँग रहेको सामाजिक सञ्जालमा राखिएको फोटोबाट थाहा हुन्छ।

यसैगरी प्रदेश ३ का सचिव जयराम राउतको पनि सम्बन्ध यसअघि प्रधानमन्त्रीसँग रहेको देखिन्छ। यसअघि उनले सामाजिक सञ्जालमै ‘आइएम विथ महेश बस्नेत’समेत लेखे। उनले पनि दसैंमा प्रधानमन्त्रीसँग टीका लगाएका थिए।

नवगठित पार्टीको अध्यक्षमा मोरङ विराटनगर–६ की सन्ध्या तिवारी छिन्। तर, उनको प्रोफाइलबारे पार्टीका कुनै पनि नेता अहिलेसम्म केही बोलेका छैनन्। तिवारी यसअघि नेकपामा थिइन् र प्रधानमन्त्री ओलीनिकट थिइन्। निर्वाचन आयोगले पार्टी दर्ता गरेको प्रमाण पत्र दिनेबित्तिकै अध्यक्ष सार्वजनिक गर्ने नीति पार्टीले बनाएको छ।


नवगठित एमाले महासचिव मनीष उपाध्याय भने पार्टी दर्ता गर्नुअघि आफूहरू प्रधानमन्त्री र नेकपाका नेतासँग निकट हुनुलाई स्वाभाविक ठान्छन्। ‘यो त्यति ठूलो कुरा होइन। नयाँ पार्टी दर्ता गर्नुअघि नेकपाका नेतासँग कनेक्सन हुन सक्छ,’ उनले भने, ‘तर प्रधानमन्त्रीको इसारामा हामीले पार्टी दर्ता गराएका भने होइनौं। यसमा नेकपाका नेताको कुनै भूमिका छैन।’

मदन भण्डारीको जन्मदिन अवसर पारी गत असार १४ गते नेकपा एमाले दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको थियो। तर, नेकपाका केही नेताको बुझाइ भने प्रधानमन्त्रीको इसारामा एमाले दर्ता भएको भन्ने छ। यो विषय केही दिनअघि नेकपाको बैठकमै उठेको थियो।

नवगठित पार्टीको अध्यक्षमा मोरङ विराटनगर–६ की सन्ध्या तिवारी छिन्। तर, उनको प्रोफाइलबारे पार्टीका कुनै पनि नेता अहिलेसम्म केही बोलेका छैनन्। तिवारी यसअघि नेकपामा थिइन् र प्रधानमन्त्री ओलीनिकट थिइन्। निर्वाचन आयोगले पार्टी दर्ता गरेको प्रमाण पत्र दिनेबित्तिकै अध्यक्ष सार्वजनिक गर्ने नीति पार्टीले बनाएको छ। ‘अध्यक्षबारे अहिले केही बोल्दैनौं। निर्वाचन आयोगले प्रमाणपत्र दिनेबित्तिकै अध्यक्षको प्रोफाइल सार्वजनिक गर्छौं,’ उनले भने। नागरिक दैनिकबाट

वि.सं.२०७७ असार २१ आइतवार १७:३१ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...