back
CTIZAN AD

ढलमा कोरोना भाइरस देखिएको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण

वि.सं.२०७७ असार २१ आइतवार

759 

shares

२१ असार, काठमाण्डौं । काठमाडौँका ढलमा कोरोना भाइरस देखिएको भन्ने समाचारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले शनिबार काठमाडौँका ढलमा कोरोना भाइरस देखिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै विश्वमा भएको अध्ययनमा व्यक्तिमा कोरोना भाइरस संक्रमण रहेको अवस्थामा वा निको भइसकेपछि पनि ढलमा भाइरसका टुक्राटुक्री भेटिएको देखिने उक्त भाइरस सामान्यतया रोग सार्ने खालको नभएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

‘अध्ययन अनुसार कोरोना भाइरस सामाँन्य तापक्रमको पानी, क्लोरिनजस्तो जिवाणु नासक औषधि राखिएको फोहोर पानी अथवा अस्पतालबाट निस्कने फोहोर पानी जुन ढलको पानीमा पनि दुईदिनसम्म बाँच्ने देखिएको छ, डा. गौतमले भने, ‘यसरी ढलको पानीमा कोरोना भाइरसको पहिचान भएपनि यसको माध्यमबाट मानिसमा सर्न सक्ने सम्भावनालाई अध्ययनहरुले पुष्टि गरेका छैनन् ।’

डा. गौतमले अन्य रोगका किटाणु समेत हुन सक्ने हुनाले डलको पानीको उचित प्रशोधन हुन भने जरुरी रहेको बताउँदै ढलको पानीमा कोरोना भाइरसको अंश भेटियो भन्दैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने समेत बताए ।

तथापी ढलको पानीमा कामगर्ने सरफाई कर्मचारीले उचित प्रकारका स्वास्थ्य सामग्री, लामो बुट, गाउन, पन्जा जुत्ता, मास्क अनुहार छोप्ने चश्मा वा सामग्री लगाउन पनि डा. गौतमले सुझाव दिएका छन् ।

डा गौतमले ढलको पानीमा भाइरस भेटिएको बारे थप अनुसन्धान गरिने बताउँदै ढलको पानीमा भाइरस देखिदैमा नआत्तिन र नडराउन समेत अनुरोध गरेको गरेका छन् ।

वि.सं.२०७७ असार २१ आइतवार १७:३१ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...