back
CTIZAN AD

नेपालमा हालसम्मको कोरोना अपडेटः १५,४९१ संक्रमित, ३४ जनाको मृत्यु, निको हुनेको संख्या ६,४१५ पुग्यो

वि.सं.२०७७ असार २० शनिवार

684 

shares

१९ असार, काठमाण्डौं । नेपालमा शनिबार (१९ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ४६ हजार २९७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा ४०५० वटा मात्र पिसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ९,०४२ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ३३,१२५ रहेको छ । यो संख्या दैनिक घटिरहेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या १५,४९१ पुगेको छ भने आज निको भएर २७२ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ६,४१५ जना कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । साथै आज गोर्खा र नवलपरासीका २ जनाको मृत्यु भएको पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ रहेको छ ।

आज २३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५,४९१ पुग्यो
नेपालमा आज जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि भएकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अछामका ३७ जना, डडेल्धुराका ३, डोटीका ३, गुल्मीका ९, कन्चनपुरका ६, नवलपरासीका ४, पाल्पाका १६, प्युठानका ६, रुपन्देहीका ४, सर्लाहीका १६ र सिन्धुपाल्चोकका १२ जनामा संक्रमण पुष्टि भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मोरङका १ र सिराहाका ६ जना, कोशि अस्पताल विराटनगरमा इलाम १, झापा १, मोरङका ५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना र गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा सप्तरीका ३६ र सिराहाका १५ जनामा संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १५ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ६ जना र नवलपरासीपूर्वका ७ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा बाग्लुङ र म्याग्दीका ३/३ जना र स्याङजा र तनहुँका १/१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका ३ र प्युठानका २ जनामा संक्रमण पृष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका ५ जना र रोल्पाका २ जना, दैलेख प्रयोगशालामा १ जना गरी आज २३२ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका २३२ जनासँगै नेपालमा हालसम्म १५,४९१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तो छ प्रदेश विवरण
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ६८६ प्रदेश २ मा ४,०८३ बाग्मती प्रदेशमा ५२५, गण्डकी प्रदेशमा १,१३३, प्रदेश नम्बर ५ मा ३,९४२, कर्णाली प्रदेशमा १,५४० जना र सुदुरपश्चिम प्रदेशमा ३५८२ जना गरी हालसम्म १५,४९१ जनामा संक्रमण पुष्टि भएको छ ।

 

आज पनि २७२ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए, निको हुनेको संख्या ६,४१५ पुग्यो
नेपालमा आजपनि २७२ जना कोरोना संक्रमणबाट निको भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा रहेर कोरोनाको उपचार गराईरहेका २७२ जना निको भएर घर फर्किएका हुन् ।

आज २७२ जना संक्रमणबाट मुक्त भएर घर फर्किएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५,४१५ पुगेको छ ।

कोरोना संक्रमणबाट थप २ को मृत्यु भएको पुष्टि, मृतकको संख्या ३४ पुग्यो
नेपालमा आज थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज गोर्खा जिल्ला पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट आज थप २ को मृत्यु भएको पुष्टि, मृतकको संख्या ३४ पुग्यो

उनको शनिबार बिहान मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भएर शुक्रबार अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । उनी असार १७ गते कतारबाट नेपाल फर्किएका थिए । सोहि दिन पालुङटारको क्वारेन्टिनमा राखिएका उनको १८ गते श्वाव संकलन गरेर परीक्षण गरिएकोमा १९ गते संक्रमण भएको पुष्टि भएको थियो ।

त्यसैगरी रुपन्देही देवदहका ७५ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । असार १४ गते टिचिङ अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराईरहेका उनको असार १७ गते मृत्यु भएको हो । उनमा कोरोना संक्रमण भएको पुष्टि असार १८ गते भएको थियो ।  आज पुष्टि भएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा असार १९ सम्मको कोरोना (कोभिड-१९) अपडेटको पूर्ण विवरण

 

वि.सं.२०७७ असार २० शनिवार १९:२० मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...