back
CTIZAN AD

कोरोना संक्रमणबाट आज थप २ को मृत्यु भएको पुष्टि, मृतकको संख्या ३४ पुग्यो

वि.सं.२०७७ असार २० शनिवार

939 

shares

२० असार, काठमार्डाैँ । नेपालमा आज थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज गोर्खा जिल्ला पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

उनको शनिबार बिहान मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भएर शुक्रबार अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी असार १७ गते कतारबाट नेपाल फर्किएका थिए । सोहि दिन पालुङटारको क्वारेन्टिनमा राखिएका उनको १८ गते श्वाव संकलन गरेर परीक्षण गरिएकोमा १९ गते संक्रमण भएको पुष्टि भएको थियो ।

कतारबाट फर्किएका एक युवाको कोरोना संक्रमणबाट मृत्यु

त्यसैगरी रुपन्देही देवदहका ७५ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

असार १४ गते टिचिङ अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराईरहेका उनको असार १७ गते मृत्यु भएको हो । उनमा कोरोना संक्रमण भएको पुष्टि असार १८ गते भएको थियो ।  आज पुष्टि भएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३२ पुग्यो

वि.सं.२०७७ असार २० शनिवार १७:२४ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...