Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

कोरोना संक्रमणबाट आज थप २ को मृत्यु भएको पुष्टि, मृतकको संख्या ३४ पुग्यो



२० असार, काठमार्डाैँ । नेपालमा आज थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज गोर्खा जिल्ला पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

उनको शनिबार बिहान मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भएर शुक्रबार अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी असार १७ गते कतारबाट नेपाल फर्किएका थिए । सोहि दिन पालुङटारको क्वारेन्टिनमा राखिएका उनको १८ गते श्वाव संकलन गरेर परीक्षण गरिएकोमा १९ गते संक्रमण भएको पुष्टि भएको थियो ।

कतारबाट फर्किएका एक युवाको कोरोना संक्रमणबाट मृत्यु

त्यसैगरी रुपन्देही देवदहका ७५ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

असार १४ गते टिचिङ अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराईरहेका उनको असार १७ गते मृत्यु भएको हो । उनमा कोरोना संक्रमण भएको पुष्टि असार १८ गते भएको थियो ।  आज पुष्टि भएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३२ पुग्यो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।