१९ असार, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौंको नयाँ बानेश्वर घर भएका ८५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उच्च रक्तचाप र पाकिन्ससको समेत समस्या भएका उनको छाति दुखेको र पिसाब कमहुने समस्याले काठमाण्डौंको एक निजी अस्पतालको आइसीयु,
आइसोलेशनमा राखेर उपचार गरिएको थियो । कोरोना संक्रमण समेत पुष्टि भएका उनको असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
आज १ जनाको मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट ४८ दिने शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो