
१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त भएर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा रहेर उपचार गराउने ८२३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
आज डिस्चार्ज भएका ८२३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६,१४३ पुगेको छ ।
कुन प्रदेशमा कति डिस्र्चाज भए त ?
मन्त्रालयका अनुसार आजसम्म कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको प्रदेश विवरण अनुसार प्रदेश १ मा ४००, प्रदेश २ मा १,८६७, बाग्मती प्रदेशमा १८५, गण्डकी प्रदेशमा २१४, प्रदेश ५ मा १,७२५, कर्णाली प्रदेशमा १,०७२ र सुदूरपश्चिम प्रदेशमा ६८० जना डिस्चार्ज भएका छन् ।
आज पनि ६६४ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्यां ५,३२० पुग्यो