back
CTIZAN AD

कतारबाट फर्किएका एक युवाको कोरोना संक्रमणबाट मृत्यु

वि.सं.२०७७ असार २० शनिवार

726 

shares

२० असार, काठमाण्डौं । कोरोना संक्रमण भइ उपचार गराईरहेका एक व्यक्तिको मृत्यु भएको छ ।

गोरखा जिल्ला अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमित ४४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

सुगर लगायतका समस्या रहेका पालुङटार नगरपालिका वडा नं ७ निवासी उनलाई कोरोना संक्रमण भएको शुक्रबार पृष्टि भएपछि शुक्रबार्र जिल्ला अस्पतालमा गोर्खाको आइसोलेशनमा राखेर उपचार गराइएको थियो । उनको शनिबार बिहान ५ः५ बजे मृत्यु भएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. नविन थापाले जानकारी दिएका छन् ।

कतारबाट आएका थिए
असार १७ गते  (विहिबार) कतारबाट त्रिभुवन विमानस्थलमा उत्रिएका उनी सोहिदिन बेलुका पालुङटार पुगेका थिए । त्यहाँ पुग्नासाग उनलाई क्वारिन्टनमा राखिएको थियो । क्वारेन्टिनमा आउँदै गम्भीर देखिएका उनलाई छुट्टै कोठामा राखेर सोहिदिन नै पिसीआर टेष्ट गरिएको वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठले संसारन्युजलाई जानकारी दिएका छन् ।

‘१७ गते आउनु भएको थियो, आउँदासाथ क्वारेन्टिनमा राख्यौ । अवस्था अलि गम्भीर भएकाले सोहिदिन पिसीआर परीक्षणका लागि नमुना संकलन गर्यौ । १९ गते (शुक्रबार) रिर्पोट आयो । त्यसपछि जिल्ला अस्पतालको आइसीयुमा राखेर उपचार गरिएको थियो आज विहान मृत्यु भयो ।’

आउँदै विरामी देखिएका उनले आफूमा धेरै समस्या भएको तथा दीर्घरोगको औषधि सेवन गरेको भन्ने नबताएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘ कतिपय साथीभाइले आफूमा समस्या रहेको र औषधि खाएको भन्ने जानकारी नगराउँदा समस्या देखिएको छ । उहाँले जानकारी गराएको भए सोहिदिन नै अस्पतालमा लैजाने व्यवस्था हुन्थ्यो ।’

यसैबीच पालुङटार नगरपालिकाका प्रमुख दीपक बाबु कंडेलले उनको शब जलाउने कि, गाड्ने भन्ने परिवारसँग सल्लाह गरेर गरिने बताए । शब व्यवस्थापनका लागि सेना र प्रहरीको टोली लागिरहेको पनि उनले जानकारी दिए ।

नगरप्रमुख कंडेलका अनुसार पालुङटार नगरपालिकामा हालसम्म १० जनामा कोरोना संक्रमण भेटिएको छ । जसमा १ जनाको आज मृत्यु भएको र २ जना निको भएर घर फर्किएका छन् भने अन्यको अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । आज मृत्यु भएका बाहेक अन्य सबै भारतबाट आएकाहरु रहेको पनि नगरप्रमुख कंडेलले जानकारी दिए ।

कोरोना संक्रमण भएको थाहा पाएपछि एक युवाद्धारा आत्महत्या

वि.सं.२०७७ असार २० शनिवार ०८:५७ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...