back
CTIZAN AD

कोरोना संक्रमण भएको थाहा पाएपछि एक युवाद्धारा आत्महत्या

वि.सं.२०७७ असार १९ शुक्रवार

729 

shares

१९ असार, काठमाण्डौं । आफूलाई कोरोना संक्रमण भएको थाहा पाएपछि  बझाङका एक युवाले आत्महत्या गरेका छन् । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ का १८ वर्षीय युवाले शुक्रबार दिउँसो आत्महत्या गरेका हुन् ।

गाउँपालिका अध्यक्ष वर्क बहादुर रोकायाका अनुसार असार १ गते आरडिटी पोजेटिभ देखिएपछि उनमा असार ८ गते पुनः पिसीआर टेष्ट गरेर परीक्षणका लागि पठाइएको थियो ।

जेठ १९ गते भारतबाट आएका उनी क्वारेन्टिनमा बस्दै आएका थिए । असार ८ गते पिसीआर नमुना लिएपछि उनलाई असार १३ गते घरमै क्वारेन्टिनमा बस्ने गरी पठाइएको थियो ।

‘केही समस्या देखिएको थिएन, फुर्तिला थिए । होम क्वारेन्टिनमा बस्ने भनेपछि पिसीआर नमुना लिएपछि घर पठाएका थियौं,’ गाउँपालिका अध्यक्ष रोकायाले भने, ‘असार १३ गते संकलन गरिएको नमुना जाँचको रिर्पोट हिँजो आयो । उनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यो खबर सुनेका उनले आज दिउँसो घर नजिकै आधा घण्टाको दूरी रहेको जंगलमा पुगेर आत्महत्या गरेका रहेछन् ।’

सानैमा बाबु आमा गुमाएका ती युवा मावलीको संरक्षणमा हुर्केका थिए । पछि भारत गएर मजुदरी गरेर फर्किएका उनले कोरोना संक्रमण भएको थाहा पाएपछि आत्महत्या गरेका हुन् ।

अध्यक्ष रोकायाका अनुसार हाल सेना र प्रहरीको टोली उनको शब व्यवस्थापनमा लागेका छन् ।

खप्तड छान्ना गाउँपालिकामा बिहिबार आत्महत्या गरेका युवासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त पालिकामा हालसम्म १२ जनामा संक्रमण देखिएको छ । जसमा १–२ जना निको भएर घर फर्किएको पनि अध्यक्ष रोकायाले संसारन्युजलाई जानकारी दिएका छन् ।

वि.सं.२०७७ असार १९ शुक्रवार २०:५१ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...