back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा असार १९ सम्मको कोरोना (कोभिड-१९) अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असार १९ शुक्रवार

858 

shares

१९ असार, काठमाण्डौं । नेपालमा शुक्रबार (१९ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ४२ हजार २४७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा ४,४८३ वटा मात्र पिसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ९,०८४ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ३५,४७२ रहेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या १५,२५९ पुगेको छ भने आज निको भएर ८२३ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ६१४३ जना कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । साथै आज बानेश्वरका १ व्यक्तिको मृत्यु भएको पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ रहेको छ ।

आज ७४० जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या १५ हजार नाघ्यो
नेपालमा आज अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज ७४० जनामा संक्रमण पुष्टि भएको हो । यो अहिलेसम्मकै बढी हो ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ४,४८३ वटा नमुना परीक्षणमा ७४० जनामा संक्रमण पुष्टि भएको छ । आज पष्टि भएका ७४० सँगै नेपालमा कू संक्रमितको संख्या १५,२५९ पुगेको छ ।

नेपालमा आज सबैभन्दा बढी कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १५ हजार नाघ्यो

कुन प्रदेशमा कति संक्रमित भए त ?
नेपालमा हालसम्म सातै प्रदेशमा १५ हजार २५९ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश नं १ मा ६७४ प्रदेश २ मा ३,९९५, बाग्मती प्रदेशमा ५०७, गण्डकी प्रदेशमा १,११८, प्रदेश नम्बर ५ मा ३८९१ कर्णाली प्रदेशमा १,५३९ र सुदूरपश्चिम प्रदेशमा ३,५३५ जनामा संक्रमण पुष्टि भएको छ ।

आज पनि ८२३ जना कोरोना संक्रमणबाट मुक्त
नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा रहेर उपचार गराउने ८२३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।  आज डिस्चार्ज भएका ८२३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६,१४३ पुगेको छ ।
कुन प्रदेशमा कति डिस्र्चाज भए त ?

मन्त्रालयका अनुसार आजसम्म कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको प्रदेश विवरण अनुसार प्रदेश १ मा ४००, प्रदेश २ मा १,८६७, बाग्मती प्रदेशमा १८५, गण्डकी प्रदेशमा २१४, प्रदेश ५ मा १,७२५, कर्णाली प्रदेशमा १,०७२ र सुदूरपश्चिम प्रदेशमा ६८० जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु, भएको पुष्टि, मृतकको संख्या ३२ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौंको नयाँ बानेश्वर घर भएका ८५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उच्च रक्तचाप र पाकिन्ससको समेत समस्या भएका उनको छाति दुखेको र पिसाब कमहुने समस्याले काठमाण्डौंको एक निजी अस्पतालको आइसीयु, आइसोलेशनमा राखेर उपचार गरिएको थियो । कोरोना संक्रमण समेत पुष्टि भएका उनको असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म कोरोनाबाट १४,५१९ संक्रमित, ३१ जनाको मृत्यु, यस्तो छ अन्य अपडेट

 

 

वि.सं.२०७७ असार १९ शुक्रवार १८:५२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...