back
CTIZAN AD

नेपालमा हालसम्म कोरोनाबाट १४,५१९ संक्रमित, ३१ जनाको मृत्यु, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ असार १८ बिहीवार

786 

shares

१८ असार, काठमाण्डौं । नेपालमा विहिबार (१८ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ३७ हजार ७६४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा ४५३७ वटा मात्र पिसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा १०,१३७ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ३८,१०९ रहेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या १४,५१९ पुगेको छ भने आज निको भएर ६६४ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ५,३२० जना कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । साथै आज एक बालकको मृत्यु भएको पृष्टि भएसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ रहेको छ ।

आज काठमाण्डौंका २८ जनासहित ४७३ जनामा
नेपालमा आज ४७३ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएका ४७३ जनामा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।

आज सबैभन्दा बढी कैलालीमा १६५ जना, डोटीमा ५८ जना, बझाङमा ३५ जना, अछामा ३१ जना, कन्चनपुरमा ३१ जना, धनुषामा ३० जना र काठमाण्डौंमा २८ जनामा संक्रमण पुष्टि भएको छ ।

लम्जुङमा १६, महोत्तरीमा १३, सप्तरीमा १०, मोरङमा ६, सुनसरीमा ४, दाङमा ४ सिन्धुपाल्चोक, तनहुँ र दैलेखमा ३÷३ जना, ललितपुर, चितवन, बर्दिया, भक्तपुर, स्याङजा, दोलखा, पर्वत र अर्घाखाँचीमा २÷२ जना, झापा, खोटाङ, धादिङ, गोर्खा, काभ्रे, मकवानपुर, पाल्पा, रामेछाप, रुपन्देही, सिन्धुली, उदयपुर, नवलपरासी, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, बाग्लुङ, कास्की र कालिकोटमा १÷१ जना गरी आज जम्मा ४७३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आज काठमाण्डौंका २८ जनासहित ४७३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १४,५१९ पुग्यो

आज पुष्टि भएका ४७३ जनामा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।  आज ४७३ जना संक्रमित भेटिएसँगै नेपालमा कूल संक्रमितको संख्या १४,५१९ पुगेको छ । जसमा १८८३ जना महिला र १२,६३६ जना पुरुष रहेका छन् ।

आज पनि ६६४ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्यां ५,३२० पुग्यो
नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या दिनप्रतिदिन बढीरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजपनि देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा रहेर उपचार गराएकाहरुमध्ये ६६४ जना कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको भएका ६६४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५,३२० रहेको छ ।
स्मरणरहोस् नेपालमा बुधबारमात्रै १४६२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट ४८ दिने शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो
नेपालमा आज कोरोना संक्रमणबाट एक शिशुको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टी भएकोमा धौलागिरी नगरपालिका वडा नं ४ म्याग्दी घर भई त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत एक शिशुको बुधबार (असार १७ गते) साँझ ४ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

असार ९ गते उक्त अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएकाले भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको पहिलोचरणको डाइलोसिस समेत भएको मन्त्रालयले जानकारी दिएको छ ।  संक्रमणबाट ती शिशुको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

नेपालमा हालसम्मको कोरोना अपडेटः १४,०४६ जना संक्रमित, ३० को मृत्यु, आइसोलेसनमा ९,३६० जना

वि.सं.२०७७ असार १८ बिहीवार १८:२९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...