Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपालमा हालसम्मको कोरोना अपडेटः १४,०४६ जना संक्रमित, ३० को मृत्यु, आइसोलेसनमा ९,३६० जना



१७ असार, काठमाण्डौं । नेपालमा आज ( १७ असार ) सम्म पिसीआर प्रविधिबाट २ लाख ३३ हजार २२७ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा ४,८८६ वटा मात्र पिसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ९,३६० जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको ४८ हजार ३६२ रहेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या १४,०४६ पुगेको छ भने आज निको भएर १४६२ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ४६५६ जना कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । साथै आज कोरोना संक्रमणबाट १ व्यक्तिको मृत्यु भएको पृष्टि भएसँगै नेपालमा हालसम्म मृतकको संख्या ३० पुगेको छ छ ।

आज उपत्यकाका १७ जनासहित ४८२ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १४०४६ पुग्यो
नेपालमा आज ( १७ असार) ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि भएका ४८२ जनामा ११७ महिला र ३६५ पुरुष रहेका छन् ।

आज सबैभन्दा बढी अछाममा १२६ जना, महोत्तरीमा ३६ जना, कैलालीमा २७ जना, बाजुरामा २५ जना, सुर्खेतमा २२ जना, र धनुषामा २१ जना रहेका छन् । साथै आज उपत्यकामा १७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाण्डौंमा १०, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाजुरामा १८, बझाङमा १८, सल्यानमा १५, झापामा १४, कास्कीमा १३, चितवनमा १२, डोटीमा ११, बर्दियामा ११, नवलपरासीपूर्वमा ११, बाँकेमा ११, कन्चनपुरमा ९, स्याङजामा ८, गुल्मीमा ८, धरानमा ७, डोटीमा ७, बाग्लुङमा ३, गोर्खामा ३, सिराहा, सुनसरी, इलाम, मोरङ, पाल्पा, दाङ, दैलेख र कालिकोटमा २÷२ र मोरङ, ताप्लेजुङ, पर्सा, कन्चनपुर, पर्वत, बारा, तनहुँ, अर्घाखाँची, नवलपरासी, जुम्ला र बैतडीमा १÷१ जना गरी आज जम्मा ४८२ जना कोरोना संक्रमित भेटिएका छन् ।

जसमा ११७ जना महिला र ३६५ जना पुरुष रहेका छन् । आज पुष्टि भएका ४८२ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । जसमा महिला १,७७४ जना र पुरुष १२,२७२ जना रहेका छन् ।

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ अस्पताल सपही जनकपुरबाट झापाका १८ जना पुरुष, कलैया अस्पतालबाट बाराका ६ पुरुष, साइकृष्ण आइसोलेशन सेन्टरबाट सप्तरीका १७ पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता टेकुबाट काठमाण्डौंका ३ पुरुष, सिन्धुलीका १ महिला, सिन्धुपाल्चोक, पुरुष, खोटाङ, मोरङ, १, नुवाकोट, चितवन, भक्तपुर र दोलखाका १÷१ पुरुष संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

त्यसैगरी ज्वालामुखी आइसोलेशन सेन्टरबाट धादिङका २ महिला र ९ पुरुष गरेर ११ जना, निलकण्ठ आइसोलेशनबाट ५ महिला र २९ पुरुष गरेर ३४ जना, पाटन अस्पतालबाट ललितपुरका १ महिला, भक्तपुरका २, काठमाण्डौंका १ र सिन्धुलीका १ पुरुष र चितवनका १ महिला पनि निको भएर घर फर्किएका छन् ।

त्यसैगरी सुर्खेत प्रादेशिक अस्पतालबाट ५ महिला र २८ पुरुष गरेर ३३ जना र प्रदेश ५ का विभिन्न आइसोलेशनबाट कपिलवस्तुका १५ महिला र २८७ पुरुष तथा नवलपरासीका १ महिला र १३ पुरुष पनि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ४६५६ रहेका छन् । मंगलबारसम्म ३१९४ जना निको भएको विवरण दिएको मन्त्रालयले पछिल्लो २४ घण्टामा निको भएका १४६२ मध्ये १ हजार जनाको विवरण आउन बाँकी रहेको छ ।

आज १ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ३० पुग्यो
नेपालमा कोरोना संक्रमणका कारण आज १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा अछामको रामरोशन गाउँपालिकाका वडा नम्बर ५ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा बयलपाटा अस्पतालममा असार १४ गते उपचारका क्रममा मृत्यु भएको हो ।

मधुमेहको विरामी रहेका उनमा असार १३ गते श्वास प्रस्वासमा समस्या भएपछि उपचारका लागि अस्पतालमा ल्याएका उनको अर्कोदिन १४ गते मृत्यु भएको थियो । मृत्यु पश्चात गरिएको कोरोनाको नमुना परीक्षणमा उनमा संक्रमण देखिएको असार १६ गते पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनको कुरुवाममा बसेका २ जनामा भने कोरोना संक्रमण नेगेटिभ आएको छ । उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

नेपालमा १६ असारसम्म १३,५६४ जनामा कोरोना संक्रमण, २९ जनाको मृत्यु र आइसोलेशनमा १०,३४१ जनाको उपचार

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा