back
CTIZAN AD

३१ नेपाली चेलीको उद्धार गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

वि.सं.२०७७ असार १७ बुधवार

1.5K 

shares

१७ असार, काठमाडौँ । भारतको मणिपुर राज्यमा ९ महिना देखि बन्दी जस्तै अवस्थामा सरकारी गृहमा बस्न बाध्य भएका ३१ चेलि नेपाली चेलीको उद्दारको माग गर्दै माइती इन्डियाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

माइती इन्डियाकी कार्यकारी सदस्य सीता अधिकारीले वैदेशिक रोजगारको प्रलोभनमा मानवबेचबिखन एवम् ओसारपसार गर्ने उद्देश्यको साथ नौ महिना पहिला मणिपुर राज्यको इन्फाल भन्ने स्थानमा पु¥याइएका उनीहरुको उद्धारको माग गर्दै प्रधानमन्त्रीकोे ध्यानाकर्षण गराएकी हुन् ।

उनीहरुलाई मणिपुर राज्यले उद्धार गरि आफ्नो सरकारी गृहमा राखेको र भारतस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको भन्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

माइती इण्डियालाई पनि नेपाली महिलाहरु बिचल्ली परेको खबर आएपछि आफैले खर्च गरी नेपाल ल्याएर सरकारको सहयोगमा परिवारजनलाई बुझाउने प्रतिबद्धताका साथ दूतावासलाई निवेदन दिँदा बास्ता नगरिएको बरु महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आफैले उद्धार गर्ने बताएपनि अहिलेसम्म कुनै पहल नभएको उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ।

पीडित महिला दिदीबहिनीको पीडा सुन्न नसकेर जनसम्पर्क समिती भारतका अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेको सहयोगमा उद्धारको पहल गर्दा पनि मणिपुर राज्य सरकारले नेपाल सरकारमार्फत हस्तान्तरण गर्ने बताएपछि पीडित दिदीबहिनीको आँसुले भरिएका फोन आउँदा पीडा भएको बताउँदै यदि सरकारले अनुमति दिन्छ भने आफूहरु उद्धारका लागि तयार भएको जानकारी गराउँदै उनले सकेसम्म छिट्टो उद्दारका लागि अनुरोध गरेकी छन् । पत्रमा भनिएको छ ‘ती पीडित महिला ९ महिना सरकारी गृहबाट रोएको पिडा र परिवारजनको पीडा सहन नसकी अन्तिममा प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराएका छौ ।’

माइती इण्डियाकी केन्द्रीय सदस्य सीता अधिकारीले पठाएको ध्यानाकर्षण पत्र यस्तो छ :
सम्माननिय प्रधानमन्त्रीज्यू
नेपाल सरकार नेपाल
बिषय – ध्यानाकर्षण सम्बन्धमा
महोदय,
वैदेशिक रोजगारको प्रलोभनमा मानवबेचबिखन एवम् ओसारपसार गर्ने उद्देश्यको साथ नौ महिना पहिला मणिपुर राज्यको इन्फाल भन्ने स्थानमा दलालहरुले लगि बिचल्ली बनाएको अबस्थामा भारत सरकारको मणिपुर राज्यले उद्धार गरि आफ्नो सरकारी गृहमा राखी भारतको विदेश मन्त्रालय मध्यमबाट नेपाल सरकार लाई ३०/११/२०१९को नेपाली दूतावास मार्फत जानकारी गराएको थियो। साथै माइती इन्डिया लाई पनि जानकारी प्राप्त भएपछी दूतावासलाई डिसेम्बर २०१९ निवेदन दिई आर्थिक लगायत सबै माइती इन्डियाले बेहोर्ने र नेपालमा लगि नेपालसरकारको माध्यमबाट परिवारजनलाई हतान्तरण गर्ने गरि पिडित महिलालाई उद्धार गर्ने गरि गरिएको निवेदनलाई नजर अन्दाज गरियो । हाम्रो सस्थाले नेपाल सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पनि निवेदन गर्दा नेपाल सरकारले आफै गर्दछौ भन्यो। दूतावासले आफै गर्ने भन्यो। पटक पटक ती पिडित महिलाको पीडाले भरीएको आसुको फोनले हामी चुप लाग्न सकेनौ र नेपाली जनसम्पर्क समिती भारतका अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेको सहयोगमा भारत सरकारको विदेस मन्त्रालय ,काठमाडौ स्थित भारतिय दूतावास , मणिपुर सरकार समक्ष पनि कोसिस गरियो सबैको नेपाल सरकार मार्फत आउँदाको दिनै ती पीडित पहिला हस्तान्तरण गर्ने जवाफ मिल्यो।

सम्माननिय प्रधानमन्त्रीज्यू
९ महिना बितिसक्दा पनि उनीहरुको मानसिक रुपले अति पिडित भई रुदै फोन गरिरहदा पुन हामी चुप लाग्न सकेनौ । हामी ती दलाल बाट शोषित महामारीको पिर परिवारिक पिडाले सताइरहेका मणिपुरको विभिन्न स्थानमा रहेका पीडित ३१ जना महिलाको नेपाल सरकारकै मातहतमा परिवारजन लाई हस्तान्तरण गर्न दूतावासलाई २३/६/२०२० को निवेदन दियौ आज सम्म पनि केही हुन नसकेकोले सम्माननिय प्रधानमन्त्री ज्यु नेपाल सरकारलाई ध्यानाकर्षण गराउदै यथाशीघ्र उनिहरुको उद्धार गर्न अनुरोध गर्दछौ। वा माइती इन्डियालाई जिम्मा दिएको अबस्थामा ५ दिन भित्र हामी आर्थिक लगायत सबै व्यवस्था गरि नेपाल सरकारलाई जिम्मेवार दिन तयार रहेको पनि जानाकारी गराउन चाहन्छौ।

स्मरण गराउन पनि चाहन्छौ। सम्पुर्ण आर्थिक माइती ईन्डियाले बेहोर्ने गरि दूतावासले अनुमति दियेको ४८ घन्टामा गुजरात बाट ५ जना कर्नटा राज्यबाट ३७ जना ५ दिन भित्र उत्तर ९ प्रदेश बाट ४२ जना ३० घन्टा भित्र आवश्यक अनुसन्धान गर्ने नेपाल लगि नेपाल प्रहरीसमक्ष हतान्तरण गरेका थियौ । यस्तै भारतका विभिन्न सहर बाट १२ वर्ष देखि सेवा गर्दै आएका छौ । ती पीडित महिला ९ महिना सरकारी गृहबाट रोएको पिडा र परिवारजनको पीडा सहन नसकी अन्तिममा प्रधानमन्त्री ज्युलाई ध्यानाकर्षण गराएका छौ ।

सीता अधिकारी
कार्यकारी सदस्य माइती इन्डिया।
email maitiindia7@gmail.com +919958322539

वि.सं.२०७७ असार १७ बुधवार २०:०२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...