back
CTIZAN AD

झम्सीखेल भेलाको निष्कर्ष : ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्छ

वि.सं.२०७७ असार १७ बुधवार

777 

shares

काठमाडौं । सत्तारुढ नेकपाका ३० स्थायी समिति सदस्यको भेलाले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपि शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ । ललितपुरको झम्सीखेलस्थीत एक रेष्टुरेण्टमा भएको भेलाले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

साँझ ५ बजेदेखि ३ घण्टासम्म चलेको भेलामा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, नेताहरु बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’सहित ३० स्थायी समिति सदस्यको सहभागिता थियो । नेकपामा स्थायी समितिको संख्या ४५ रहेको छ ।

भेलामा सहभागि एक नेताका अनुसार भेलामा पर्यटनमन्त्री योगेश भट्टराई बाहेकका सरकारमा सहभागी प्रचण्ड र नेपाल निकटका सबै मन्त्रीहरु सहभागि भएका थिए । उनका अनुसार मन्त्री भट्टराई आकस्मिक अन्य कार्यक्रमका कारण सहभागि भएनन् ।

भेलामा प्रधानमन्त्री ओलीले राजीनामाको निर्देशन दिँदा अपनाउन सक्ने सम्भावित कदमहरु बारे पनि छलफल भएको थियो । भेलाले ओलीसँग पार्टीको निर्णय मान्नुको विकल्प नरहेको ठहरसमेत गरेको छ ।

यी हुन् भेलामा सहभागी स्थायी समिति सदस्यहरु

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल ।

वि.सं.२०७७ असार १७ बुधवार २२:३२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...