back
CTIZAN AD

हात्ती नियन्त्रणका लागि निकालियो नयाँ जुक्ति, जङ्गलमै केराखेती

वि.सं.२०७७ असार १७ बुधवार

879 

shares

१७ असार,भद्रपुर । झापाको मेचीनगर–९ स्थित थोप्लेबिरान सामुदायिक वनले हात्ती नियन्त्रणका लागि जङ्गलभित्रै फलफूलका विरुवा रोप्न थालेका छन् ।

स्वादिलो आहारले पेट भर्न पाएपछि जङ्गली हात्तीले अन्नको बालीमा क्षति नगर्ला भन्ने आशाले सामुदायिक वनले जङ्गलभित्रै हात्तीको खान्कीका लागि फलफूलका विरुवा रोप्न थालेका हुन् ।

विगत तीन दशकयता झापाको मेचीनगरमा जङ्गली हात्तीबाट सबैभन्दा धेरै जनधन र बालीको क्षति भएको छ । हात्तीले वर्षेनि लाखौँ मूल्यको धनमालसँगै मानवीय क्षतिसमेत पु¥याउँदै आएकाले त्यसको नियन्त्रणका उपाय अवलम्बन गर्न सामुदायिक वनको अग्रसरतामा पहिलो चरणमा केराका विभिन्न जातका तीन हजार विरुवा रोपिएको हो ।

थोप्लेबिरान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण कोइरालाले वन क्षेत्रभित्र र हात्ती प्रवेश गर्ने सम्भावित गौडामै फल पाकेपछि टाढासम्म मगमगाउने मालभोगलगायतका केराको विरुवा रोपिएको बताए । हरेक उपभोक्ताले दुई वटा केराका विरुवा हुर्काउनै पर्ने नियम बनाइएको छ ।

दैनिकजसो आउने जङ्गली हात्तीले गाउँ पसेर किसानले लगाएको र घरमा थन्क्याएको अन्नबाली खाएर दुःख दिन थालेपछि हात्तीलाई जङ्गलमै अलमल्याउने उपायस्वरुप बनभित्र केरा खेती गरिएको जनाउँदै अध्यक्ष कोइरालाले यसले हात्तीबाट हुने क्षति रोकिने अपेक्षा गरिएको बताए ।

सो सामुदायिक वनमा १९० हेक्टर क्षेत्रफल रहेको छ भने ५१० घर परिवार उपभोक्ता छन् । वनभित्र हात्तीको आहारका लागि चिनीचम्पा, जहाजी, मालभोग र अँठिया जातको केराका विरुवा रोपिएको छ । हात्तीले आहारका लागि केराको गुभो र फल अति मन पराउँछ । यसअघि वन समितिले हात्ती नियन्त्रणकै लागि भनेर वनभित्र १० हेक्टर क्षेत्रमा बाँस लगाएको थियो । तर बाँसघारीले हात्ती रोकिएनन् ।

“वनमा खानेकुरा नहुँदा हात्ती गाउँ पस्छ भनेर विज्ञहरुले बारम्बार बताउँदै आउनुभएको छ”, अध्यक्ष कोइरालाले भने, “जङ्गलभरी केराखेती गरेका छौँ, अब चाहीँ आहार खोज्दै हात्ती गाउँ पस्दैनन् कि भन्ने हाम्रो विश्वास छ ।”

अर्को चरणमा अरू प्रजातिका फलफूलसमेत वनमा हुर्काउने समितिको योजना छ । जङ्गलमा रहने बाँदर, चरालगायतका जीवहरुलाई समेत ती फलफूल आहारा बन्नेछ ।(रासस)

फाइल तस्विर

वि.सं.२०७७ असार १७ बुधवार १९:०० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...