back
CTIZAN AD

मनमुटावले पार्टी कमजोर भएको प्रेस युनियनको ठहर

वि.सं.२०७७ असार १८ बिहीवार

831 

shares

१८ असार, मुगु । जिल्लास्तरमा नेता तथा कार्यक्रताको मनमुटावले गर्दा पार्टी कमजोर हुदै गएको प्रेस युनियनले ठहर गरेको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनले कांग्रेसभित्र मनमुटाव त्यागेर पार्टीलाई बलियो बनाउनुपर्ने भन्दै युनियनले सुझाव दिएको छ ।

प्रेस युनियन मुगु शाखाले विहिबार कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको छलफल तथा भेटघाट कार्यक्रममा प्रेस युनियनका अध्यक्ष विनोद कुमार मल्ल लगायतका सदस्यहरुले नेताको मनमुटाव तथा आपसी खिचातानीका कारणले गर्दा पार्टी कमजोर हुन गएको बताएका छन् ।

बरु आफु–आफुमा खिचातानी गर्ने, कुरा काट्ने र जिल्लास्तरमा नेता नबस्ने प्रबृतिले पार्टी कमजोर भएको प्रेस युनियनका अध्यक्ष मल्लले बताए । पार्टी बलियो बनाउन जिल्लास्तरदेखि वडास्तरसम्म प्रशिक्षण दिनुपर्ने नेताहरु जिल्लामै बस्नुपर्ने युनियनको सुझाव छ ।

कर्णाली प्रदेशबाट आएका योजनाहरु नेकपाले एकलौटीरुपमा सञ्चालन गरिरहेको अवस्थामा प्रतिपक्षदल नेपाली कांग्रेस मुकदर्शक भएर बसेको समेत युनियनको आरोप छ ।

उक्त छलफल कार्यक्रममा छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेस जिल्ला कार्यसमितका सदस्य हरिजंग शाहीले कांगे्रसभित्र सहयोगीको भावना हराएको र एकअर्काको खुट्टा तान्ने प्रबृति मौलाउदै जाँदा संगठन कमजोर हुदै गएको आफूले महसुस गरेको बताएका थिए ।

‘अब देशमा कांग्रेस नै हिरो पार्टी हुने हो,’ नगर प्रमुखले भने, ‘कांग्रेस प्रति जनलहर पनि बढिरहेको अवस्थामा अब कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने र संगठन सुदृढीकरणमा लाग्नु पर्छ ।’

नेपाली कागे्रस मुगुका पार्टी सभापति खड्क बहादुर शाहीले पार्टीलाई बलियो बनाउन सबैको भूमिका उत्तिकै रहेको बताउँदै सिमित सभापति खटिएर पार्टी बलियो नहुने भएकाले वडादेखि जिल्लास्तरका नेताहरु खटिनुपर्नेमा जोड दिए । ‘मलाई मुगुमा पार्टी कमजोर भएको महसुस छैन,’ उनले भन,े ‘हामी नेता र कार्यकर्तालाई परिचालन गर्न नसकेको मात्र हो ।’

सभापति शाहीले स्थानीयतहको निर्बाचनमा तीनवटै तहमा प्रमुख जित्न सफल भएको बताउँदै संघ र प्रदेशको निर्बाचनमा बाम एकता हुँदा चुनाव हार्नुपर्ने अबस्था आएको बताए । उनले अब पार्टीलाई उचाइमा पुर्याउन सबैले शसक्त भूमिका निर्बाह गर्नुपर्नेमा जोड दिए ।

प्रेसयुनियनको सुझावलाई आत्मसाथ गदै गल्ती कमजोरीहरु सच्चाएर जानुपर्ने बताउँदै पार्टीमा मनोनित हुन बाँकी रहेका पदपूर्ति गर्नका लागि तत्काल मनोनयन कार्य अगाडि बढाउने समेत सभापतिको शाहीको भनाई थियो ।

वि.सं.२०७७ असार १८ बिहीवार १९:०३ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...