२० असार, काठमाण्डौं । गण्डकी प्रदेशमा आज बिहान थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि भएकामा बाग्लुङका २ जना, म्याग्दीका ३ जना, स्याङजाका १, तनहुँका १, कास्कीका २, नवलपरासी पूर्वका ७ जना रहेका छन् ।
साथै गण्डकी प्रदेशको गोर्खा जिल्लामा आज बिहान आज एक संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका पुरुषसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि स्याङजाका ५५ र ६० वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो ।

वि.सं.२०७७ असार २० शनिवार ०९:४५ मा प्रकाशित






























