
पर्यटकले चहलपहल देखिने मुगुको रारा यति बेला सुनसान छ । कोरोनाका कारणले गर्दा हवाई तथा सडक मार्ग बन्द भएपछि रारामा पर्यटक देख्न मुश्किल भएको छ । हिँजोआज रारा घुम्न उपयुक्त मौसम भएपनि लकडाउनले प्रभावित पारेको छ ।
रारामा पर्यटक आगमन रोकिदा निकुञ्जलाई राजश्वमा घाटा र अर्कोतिर होटल ब्याबसायीदेखि घोडा चालक स्थानीयबासी उत्पादन बेच्ने मर्कामा परेका छन् ।
गत माघ र फागुन महिनामा हवाई मार्गबाट केही पर्यटक रारा घुम्न आएपनि चैत ११ देखि सुरु भएको लकडाउन देखि पर्यटक आगमनमा बन्द भएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
लकडाउनले गर्दा रारामा पर्यटकको संख्या शून्य भएको रारा राष्ट्रिय निकुञ्ज अधिकृत बिष्णु प्रसाद थपलियाले बताए । रारा घुम्न मौसम सुरुवात भएको बेला कोरोनाले गर्दा सुनसान भएको उनको भनाई छ ।
रारा क्षेत्र वरपरका एकदर्जन भन्दा बढी होटल बन्द भएको करिव दुई सय घोडा ब्याबसायी मर्कामा परेको निकुञ्ज अधिकृत बताउछन् । होटल बन्द गरेर मालिक आफनो घर तर्फ लागेका छन् भने पर्यटक बोक्न घरमा पालेका घोडाहरु चराउन लेकतिर लगेका छन् ।
राराका रबरका ढुंगा समेत बेकामे बनेका छन् । कोही पर्यटक नआएपछि डुंगाचालक फुर्सिदला बनेर आफनो घरको कामतर्फ लागेका छन् ।
पर्यटन क्षेत्रमा फड्को मारिसकेको राराले लकडाउनका कारण फेरि धरासायी बनेको पर्यटन ब्याबसायी राजु कार्की बताउँछन् । रारा बिमानस्थल पनि दुई महिनादेखि सुनसान छ ।
कोरोना भाइरसको डरले गर्दा सरकारीले हवाई उडान समेत बन्द गरेपछि जिल्लाको एकमात्र रारा बिमानस्थल पनि सुनसान देखिएको छ ।
हवाई सेवा बन्द भएपछि बिमानस्थल वरपर तलमाथिका एक दर्जन भन्दा होटेल कटेज समेत बन्द भएका छन् । सधै यात्रुको चहलपहलदेखि रारा बिमानस्थल क्षेत्रमा दुई महिना यतादेखि सुनसान बनेका छ ।
कोरोना महामारीले गर्दा मुगुको पर्यटकिय क्षेत्र धरासायि भएको छायाँनाथ रारा नगरपालिका प्रमुख हरिजंग शाही बताउछन् । पछिल्लोपटक रारा घुम्न आन्तरिक पर्यटकको लहर चलिरहेको अबस्थामा कोरोनाले गर्दा सुनसान भएको नगर प्रमुखको भनाई छ ।
असारदेखि लकडाउनमा केही खुकुलो हुदै गएपछि मुगुका कर्मचारी राजनीति दलका नेता तथा कार्यक्रता महिला बिधार्थीहरु रारा घुम्न जान थालेका छन् । बाहिर जिल्ला बाट भने कोही पनि रारा घुम्न आएका छैनन ।
प्राकृतिक सुन्दरताले यतिबेला रारा रमाइलो देखिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले ताल वरिपरि बिभिन्न रंगीबिरंगी फूल फुलेर तालको सुन्दरतालाई अझ बढाइदिएको बताए । उनी भन्छन्– लकडाउनका कारण पर्यटक आवागमन कम भएको अवस्थामा पोल्टाभरी सुन्दरता बोकेर आफ्नै लयमा मुस्कुराइरहेको छ राराताल ।