back
CTIZAN AD

भोलिदेखि रु. ५० का नयाँ नोट बजारमा आउँदै

वि.सं.२०७७ असार २१ आइतवार

879 

shares

२१ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारबाट ५० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याउने भएको छ । राष्ट्र बैंकले सूचना सार्वजनिक जारी गर्दै ५० दरका नयाँ नोट बजारमा पठाउने जनाएको हो ।

संकेत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्मको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको छाप रहेको छ । नोटको तल्लो भागमा बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा २०७५ लेखिएको छ ।

नोटको पृष्ठ भागको मध्यमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा हिउँ चितुवाको चित्र रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

नोटमा तत्कालिन गर्भनर डा चिरञ्जीवि नेपालको दस्तखत रहेको छ । नयाँ गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेका नयाँ नोटहरु भने आगामी कार्तिकबाट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ ।

वि.सं.२०७७ असार २१ आइतवार १८:५५ मा प्रकाशित

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...