
२१ असार, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को एकता फुटतर्फ अघि बढीरहेको भन्दै चिन्ताहरु आइरहेका बेला प्रगतिशिल लेखक खगेन्द्र संग्रौलाले भने नेकपाभित्र कहिल्यै एकता नै नभएको बताएका छन् ।
नेकपा भित्र अहिले देखिएको समस्याका सन्दर्भमा सामाजिक सञ्जाल टिव्टरमा उनले नेकपा सिध्दान्त र आदर्शका सूत्रले कहिल्यै नजोडिएको भन्दै जोडिदै नजोडिएको पार्टी फुट्ने भो भन्नु काइते कुरा भएको बताएका हुन् ।
नेकपाको एकता ओली र दाहालको निहित राजनीतिक स्वार्थको गठबन्धन भएको बताउँदै उनी भन्छन् ‘यसको देखाउने दाँत आपसी विश्वास र सद्भाव हो,खाने दाँत आपसी अविश्वास र द्वेष हो।नभएको एकता टुट्छ त के नापिन्छ?’
उनले लेखेका छन् :
जे सिध्दान्त र अादर्शका सूत्रले जाेडिएकाे छैन,त्याे फुट्ने भाे भन्नु काइते कुरा हाे।नेकपा डबलकाे कथित एकता अाेली र दाहालकाे निहित राजनीतिक स्वार्थकाे गठबन्धन हाे।यसकाे देखाउने दाँत अापसी विश्वास र सद्भाव हाे,खाने दाँत अापसी अविश्वास र द्वेष हाे।नभएकाे एकता टुट्छ त के नापिन्छ?
— Khagendra Sangroula (@belakoboli) July 5, 2020