२४ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुने क्रम दिनप्रतिदिन बढिरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा २५३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएर घर फर्किएका छन् ।
मन्त्रालयद्धारा आयोजित बुधबारको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आज निको भएर गएका २५३ जनासँगै नेपालमा कुल संक्रमति १६,४२३ जनामध्ये ७,७५२ जना कोरोना संक्रमणबाट निको भएका छन् । मन्त्रालयका अनुसार यो संख्या ४७.२ प्रतिशत हो ।
वि.सं.२०७७ असार २४ बुधवार १७:२० मा प्रकाशित






























