२६ असार, काठमाडौँ । एन्फाले नेपाली सेनाको जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानलाई थप स्तरयुक्त बनाउनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
उक्त खेल मैदानमा रहेको भि.भि.आई.पि प्यारामिट मुनि रहेको दुई वटा player changing room मा खेलाडीलाई अवाश्यक पर्ने व्यक्तिगत लकमा अट्याच सिट विथ ड्रयर २३/२३ वटा, फिजियोथेरापी बेड १/१ वटा, रेफ्रिजिरेटर दुईवटा, Referee Changing Room को लागि व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर ४ वटा, सोफा ४ वटा, टेलब दुईवटा लगायत तीनवटै कोठाहरुमा कार्पेट, झ्यालहरुमा ट्रन्सलुसेन्ट स्टिकरहरु तथा रंगरोगन गर्ने कार्य सम्पन्न गरी नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।
एन्फा अध्यक्ष छिरिङ शेर्पाले सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।
विभिन्न समयमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको दौरान अभ्यासको लागि सुविधा सम्पन्न खेल मैदानको आवश्यकतालाई मध्यनजर गरी उक्त खेलकुद मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक सामग्री हस्तान्तरण गरिएको एन्फाले बताएको छ ।
उक्त खेल मैदानको स्तरोन्नतीले राष्ट्रिय खेलकुदको सम्बद्र्धन र प्रबद्र्धनमा समेत थप टेवा पु¥याउने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।
वि.सं.२०७७ असार २६ शुक्रवार १५:५४ मा प्रकाशित


























