२६ असार, काठमाडौँ । सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थका पानाहरू भन्दै बिक्रि गर्न खोज्ने ६ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलिले उनीहरुलाई काठमाडौँको ढुंङ्गेअड्डाबाट पक्राउ गरेको हो ।
केही व्यक्तिहरुले लामा भाषामा लिखित पुरानो बुद्ध धर्म ग्रन्थको खरिद बिक्रि गर्न मोलमोलाई गरिरहेको भन्ने विशेष सूचनाको आधारमा छापामारी उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार निजहरु मध्य जनक गिरीको साथबाट तिव्वेतीयन लिपिमा सुनौलो अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थ पाना १६ बरामद गरिएको छ । उक्त पानाहरू पाँच करोड रुपैँयामा खरिद विक्रिको लागि मोलमोलाई भैरहेको थियो । बुधबार पक्राउ परेका उनीहरुलाई प्रहरीले आजमात्र सार्वजनिक गरेको हो ।
पक्राउ परेका प्रतिवादीहरूमा
१) जिल्ला खोटाङ दिक्तेल न.पा वडा नं. ४ घर हुने बर्ष ३२ को गेहेन्द्र सिंह आत्रय,
२) जिल्ला काभ्रे पाँचखान न.पा वडा नं. ३ घर हुने बर्ष ४२ को जनक गिरी,
३) जिल्ला ओखलढुंगा मानेभन्ज्याङ गा.पा वडा नं. १ घर हुने बर्ष ३१ को सुबास कुमार बस्नेत,
४) जिल्ला ओखलढुंगा सुनकोशी गा.पा वडा नं. २ घर हुने बर्ष ३३ को हरी बहादुर लामिछाने,
५) जिल्ला काठमाडौँ तारकेश्वर न.पा वडा नं. ११ घर हुने बर्ष ६४ को राजेन्द्र बहादुर जोशी,
६) जिल्ला नुवाकोट ककनी गा.पा वडा नं. ८ घर हुने बर्ष ३४ को रोशन तामाङ रहेका छन्,
उनीहरुलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ बमोजिम आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
वि.सं.२०७७ असार २६ शुक्रवार १५:२३ मा प्रकाशित






























