back
CTIZAN AD

तनहुँ पहिरो अपडेटः २ को मृत्यु, दुई परिवारका नौजना बेपत्ता

वि.सं.२०७७ असार २९ सोमवार

870 

shares

२९ असार, तनहुँ । अविरल परेको वर्षाका कारण गएको पहिरोले तनहुँमा २ जनाको ज्यान लिएको छ भने दुइ परिवारका ९ जना वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अविरल वर्षासँगै गएको पहिरोका कारण २ को मृत्यु, ९ वेपत्ता र २ जना घाईते भएका हुन् ।
मृत्यु हुनेमा व्यास नगरपालिका ९ माझफाँटकी ७० वर्षीया मैत कुमारी घर्तीको घटनास्थलमै र म्याग्दे गाउँपालिका–६ बेलौतोडाँडाकी १७ वर्षीय लक्ष्मी बिकको रत्नहरि अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी पहिरोमा पुरिएर हराइरहेकाहरुमा रिसिङ गाउँपालिका–८ पल्ट्याङका अन बहादुर थापाका जेठा छोरा भेष बहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया थापा, ५ वर्षीया नातिनी अमिषा थापा, कान्छा छोरा २२ वर्षीय महादेव थापा, कान्छी बुहारी १९ वर्षीया मनिसरा थापा रहेका छन् ।

त्यसैगरी व्यास नगरपालिका माझफाँट बस्ने केशर बहादुर थापाकी श्रीमती ४० वर्षीया कमला थापा, उनका छोराहरु २४ वर्षीय मनोज थापा र २० वर्षीया राजेश थापा तथा २१ वर्षीया छोरी अन्जना थापा रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

घाईते रहेकी रिसिङ गाउँपालिका ८ पल्ट्याङ भैसिलिकी ६० वर्षीया ज्योतीमाया थापाको अवस्था मध्यम रहेको बताइएको छ ।

त्यसैगरी बेपत्ताहरुको खोजीमा स्थानीय तथा सुरक्षाकर्मीको टोली खटिइएको पनि प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७७ असार २९ सोमवार १३:२९ मा प्रकाशित

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका...

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श...

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

काठमाडौँ । नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन...

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

नारायणगढ (चितवन) । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै...