back
CTIZAN AD

घट्यो सिमेन्ट, डन्डी र क्लिंकरको मूल्य : अब कुनको कति ?

वि.सं.२०७७ असार २९ सोमवार

3.3K 

shares

काठमाडौं । बन्दाबन्दी केही खुकुलो हुनासाथ निर्माण सामग्रीको मूल्य बढाएका सिमेन्ट तथा फलामे छड उत्पादकहरूले अहिले पुनः मूल्य घटाएका छन् । सरकारले निर्माण सामग्रीसहित ४४ प्रकारका उद्योग व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि सिमेन्ट उद्योगीहरूले जेठमा प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका थिए ।

पूर्वाधार निर्माणको अफ सिजन शुरू भइसकेको र कोरोना महामारीका कारण माग पनि घटेपछि अहिले सिमेन्ट, फलामे छड र क्लिंकरको मूल्यसमेत घटेको हो ।

बन्दाबन्दीकै बीच पछिल्लो १ महीनाकै अवधिमा सिमेन्टको मूल्यमा कमी आएको व्यवसायीहरू बताउँछन् । अहिले सिमेन्टमा प्रतिबोरा औसतमा ५० रुपैयाँसम्म मूल्य घटेको छ भने फलामे छडको मूल्य प्रतिकेजी ४ सम्म घटेको छ ।

मूल्य घटेसँगै अहिले अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) को औसत मूल्य प्रतिबोरा ७००–७२५ रुपैयाँ छ भने पोर्टल्यान्ड पोज्जोलना (पीपीसी) प्रतिबोरा ६०० रुपैयाँसम्ममा किन्न पाइन्छ । यसअघि ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा क्रमशः ७६०–८०० रुपैयाँसम्म र पीपीसीको मूल्य ६५० रुपैयाँसम्म थियो ।

सिमेन्टलगायत निर्माण सामग्रीको माग घट्दा सिमेन्ट उत्पादकहरूले डिलरहरूमार्फत करोडौंको उधारो कारोबारलाई पनि बन्द गरेका छन् । आजको आर्थिक अभियान दैनिकमा हेमा विकले समाचार लेखेकी छन् ।

वि.सं.२०७७ असार २९ सोमवार १३:५२ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...