back
CTIZAN AD

ओलीलाई छाडा छाड्नु खतरनाक हुन्छ, उपचार खोजौं : बाबुराम भट्टराई

वि.सं.२०७७ असार ३० मंगलवार

837 

shares

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडा छाड्दा खतरा हुने बताएका छन् । उनले ओलीको उपचार खोज्नुपर्ने पनि बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीकोे विवादास्पद अभिव्यक्तिबारे टिप्पणी गर्दै उनले उपचारको खाँचो औंल्याएका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत बोल्दै भट्टराईले ओलीको वचन र कर्मले सीमा नाघेको बताए ।

‘अति गरे खति हुन्छ भन्छन् १ प्रम केपी ओलीका वचनरकर्मले सीमा नाघ्दैछन् !’ भट्टराईले भने, ‘संसदमा ‘सिंहमेव जयते’र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न।’

उनले ओलीमा पलाएको अस्वस्थ चिन्तनले मुलुकलाई जता पनि लैजान सक्ने खतरा रहेको बताए । ‘संसद स्थगन गरेर अध्यादेश रसंकटकालको‘खड्ग’समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ !’ उनले भने, ‘उपचार खोजौं !’

भानु जयन्तीका अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा रहेको दाबी गरेका थिए । उनले भारतले तथ्यहरुलाई बंग्याउँदै नेपालको संस्कृतिमाथि अतिक्रमण गरेको टिप्पणी गरेका थिए ।

जुन अभिव्यक्तिप्रति नेपाल तथा भारतमा निकै आलोचना भएको छ । सामाजिक सञ्जालमा सक्रिय प्रयोगकर्ताले ओलीको निकै व्यंग्य गरेका छन् ।

वि.सं.२०७७ असार ३० मंगलवार १३:२१ मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...