३० असार, काठमाडौँ । अष्ट्रेलियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या फेरी बढ्न थालेको छ । पछिल्ला ५ दिनमा मात्र अष्ट्रेलियामा १ हजार ९४ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
यससँगै अष्ट्रेलियामा कोरोन भाइरसबाट संक्रमितहुनेको संख्या १० हजार २ सय ५० पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८ पुगेको छ । सोमबार मात्र अष्ट्रेलियामा १ सय ४८ कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन ।
पछिल्लो ५ दिनको विवरण यस प्रकारको रहेको छ :
| मिति | नयाँ संक्रमितको संख्या | मृत्यु हुनेको संख्या |
| जुलाई ९ | १७३ | ० |
| जुलाई १० | ३०० | ० |
| जुलाई ११ | १९४ | १ |
| जुलाई १२ | २४३ | १ |
| जुलाई १३ | १८४ | ० |
| जम्मा | १०९४ | २ |
वि.सं.२०७७ असार ३० मंगलवार १४:१४ मा प्रकाशित



























