back
CTIZAN AD

तपाईंको फेसबुकको पासवर्ड कति सुरक्षित ? यी हुन् भुलेर पनि प्रयोग गर्न नहुने ५० पासवर्ड

वि.सं.२०७७ असार ३० मंगलवार

795 

shares

काठमाडौं । डिजिटल विश्वमा मानिसको हरेक जानकारी उसको इमेल या विभिन्न सामाजिक सञ्जालका एकाउण्टमा राखिएको हुन्छ । साथै मानिसहरुले आफ्नो स्मार्ट मोबाइलमा पनि कतिपय निजी कुरा राखिरहेका हुन्छन् ।

यस्तोमा आफ्नो डिजिटल सामाग्रीलाई सुरक्षीत गर्नको लागि मानिसहरुले पासवर्डहरुको प्रयोग गर्ने गर्दछन् । उनिहरु पासवर्ड राख्दा आफ्ना डिजिटल सामाग्रीहरु सुरक्षित भएको ठान्दछन् । तर पछिल्ला समयमा साइबर अपराधी तथा ह्याकर्सले मानिसहरुको ई–मेल तथा अन्य सुरक्षित ठानिएको एकाउन्टबाट ह्वाक गरि महत्वपूर्ण जानकारीहरु लिईरहेका छन् । यति मात्रै नभएर ह्याकरले मानिसहरुको बैंकिङ्ग जानकारी पत्ता लगाएर उनिहरुको बैंक एकाउण्ट खाली पनि गराएका छन् ।

खास गरेर इन्टरनेट र मोबाइलबाट ह्याकरले बैकिंङ्ग प्रयोगकर्तालाई सहजै लुट्ने गरेका छन् । यस वर्ष मात्रै ५ मिलियन यानी ५० लाखभन्दा बढि पासवर्ड लिक भए । जसमध्ये ह्याकरले असाध्यै सामान्य मानेको ५० पासवर्ड सार्वजनिक भएको छ । आउनुहोस् जानौं धेरै प्रयोगकर्ताले राख्ने ५० पासवर्ड ।

यी हुन् धेरैले प्रयोग गर्ने ५० पासवर्ड

23456, 123456789, qwerty, Password, 1234567, 12345678, 12345, iloveyou, 111111, 123123, abc123, qwerty123, 1q2w3e4r, admin, qwertyuiop, 654321, 555555, lovely, 7777777, welcome, 888888, princess, dragon, password1, 123qwe, 666666, 1qaz2wsx, 333333, michael, sunshine, liverpool, 777777, 1q2w3e4r5t, donald, freedom, football, charlie, letmein, !@#$%^&*, secret, aa123456, 987654321, zxcvbnm, passw0rd, bailey, nothing, shadow, 121212, biteme, ginger

यी धेरैले प्रयोग गर्ने कमन पासवर्ड हुन् । जसलाई मानिसहरुले आफ्नो एकाउण्ट सुरक्षित बनाउनको निमित्त प्रयोग गरेका हुन्छन् । यी पासवर्ड राखिनुको कारण पासवर्ड नबिर्सनको लागि पनि हो ।

तर, ह्याकर यी सामान्य पासवर्डको विषयमा जानकार छन् । उनिहरु सहज रुपमा एकाण्ट ह्याक गर्न सक्छन् । यदि तपाईं पनि यस्तै पासवर्ड प्रयोग गर्नुहुन्छ भने कृपया बदल्नुहोस् । यदि तपाईंले पासवर्ड बदल्नुभएन भने तपाईंको एकाउण्ट सुरक्षित हुनेछैन् ।

कस्तो पासवर्ड राख्दा सुरक्षित ?

जब तपाईं आफ्नो इमेल या इन्टरनेट बैंकिङ्गसँग सम्बन्धित एकाउण्टका पासवर्ड बनाउनुहुन्छ त्यस्तो बेला अनिवार्य रुपमा नम्बर र अक्षरको प्रयोग गर्नुहोस् । स्माल लेटरको साथसाथै नम्बर र स्पेशल क्यारेक्टरको पनि प्रयोग गर्नुहोस् । अक्षर र नम्बर मिलाएर बनाएको पासवर्ड ह्याक गर्न सजिलो हुँदैन् ।

पासवर्ड बनाएसँगै प्रत्येक महिना पासवर्ड बदल्न जरुरी हुन्छ । पासवर्ड बदल्दै गर्दा पनि तपाईंको एकाउण्ट सुरक्षित रहन्छ । साथै ह्याकर पनि तपाईंको एकाउण्ट ह्याक गर्न असमर्थ हुन्छ । (एजेन्सीको सहयोगमा)

वि.सं.२०७७ असार ३० मंगलवार १४:१० मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...