back
CTIZAN AD

ओलीको अभिव्यक्तिप्रति बोल्दै नेकपा प्रवक्ताले भने, ‘भूराजनीतिक संवेदनशीलताप्रति हामी सचेत हुनैपर्छ’

वि.सं.२०७७ असार ३० मंगलवार

771 

shares

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भूराजनीतिक संवेदनशीलता नेपाल सचेत हुनुपर्ने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो विवादास्पद अभिव्यक्तिप्रति संकेत गर्दै उनले भूराजनीतिक संवेदनशीलताप्रति सचेत नभए जोखिम हुने बताए । सामाजिक सञ्जालमार्फत बोल्दै उनले नेपाली सचेत नभए शक्तिराष्ट्रहरुको कृडास्थल बन्ने र राष्ट्रिय सार्वभौमिकता नै खतरा पर्ने पनि बताए ।

‘हाम्रो भुराजनीतिक सँवेदनशीलता प्रति हामी सचेत हुनै पर्छ । स्वतन्त्र परराष्ट्र नीतिमा आधारित कुटनीतिक श्रेष्ठताले मात्र हामीले हाम्रो भुराजनीतिक अवस्थितिको लाभ लिन सक्छौं’, श्रेष्ठले भने, ‘अन्यथा देश बाह्य शक्तिहरुको कृडास्थल बन्ने र राष्ट्रिय सार्वभौमिकता नै खतरामा पर्न सक्ने ठुलो जोखिमको चुनौति छ।’

भानु जयन्तीका अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा रहेको दाबी गरेका थिए । उनले भारतले तथ्यहरुलाई बंग्याउँदै नेपालको संस्कृतिमाथि अतिक्रमण गरेको टिप्पणी गरेका थिए ।

जुन अभिव्यक्तिप्रति नेपाल तथा भारतमा निकै आलोचना भएको छ । सामाजिक सञ्जालमा सक्रिय प्रयोगकर्ताले ओलीको निकै व्यंग्य गरेका छन् ।

वि.सं.२०७७ असार ३० मंगलवार १३:४० मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...