back
CTIZAN AD

नेपाल आइडल २ का ‘चमत्कारी मान्छे’ को तेश्रो गीत आउँदै

वि.सं.२०७७ असार ३० मंगलवार

795 

shares

नेपाल आइडल २ को २७ औं एपिसोडमा निर्णायक न्ह्यू बज्राचार्यद्वारा “चमत्कारी मान्छे” उपनाम पाएका र आइडलको उत्कृष्ट ६ मा पर्न सफल पवन गिरीको लोक परिवेशमा आधारित गीत तेश्रो गीतको रुपमा ‘मिल्टेरीको जुत्ता’ यही शुक्रवार सार्वजनिक हुँदैछ ।

गम्भीर बिष्टको कोरियोग्राफी रहेको यो गीतको एरेन्ज उदय राज पौडेलको र लिरिक्स रमेश दाहालको छ । टीका दाहालको संगीत रहेको उक्त गीतको निर्देशन दीपक आचार्यले गरेका छन भने उत्पादन ब्यबस्थापन नेत्र राउतको छ भने जीवन थापाले संपादन गरेका छन् ।

गायक गिरीको स्वर रहेको उक्त म्युजिक भिडियोमा वाइड लेन्स प्रोडक्सनले लगानी गरेको छ । उक्त गीतको भिडियोमा चर्चित युगल जोडी सरोज अधिकारी र आस्मा विस्वकर्मालाई फिचरिङ गरिएको छ ।

अर्जुन तिवारीले क्यामराको जिम्मा लिएको यस गीतमा एरेन्जर उदय राज पौडेल, मिक्सिङ अशोक महर्जनको, ड्रोनमा कृष्ण गरीब, मास्टरिङ्ग सन्देश परियारको, मुआमा बिमला तमाङ छन भने आरबी रेकर्डिङ स्टुडियो गीतको लागि प्रयोग गरिएको छ ।

औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका पवनले यसअघि पहिलो गीत ‘मलाई एक छिन देउ’ र दोस्रो गीत ‘बधाई छ’ सार्वजनिक गरिसकेका छन ।

लुम्बिनी कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) विस्व सल्लाहकार रामकुमार श्रेष्ठले नेपाल आइडलका “चमत्कारी मान्छे” रकस्टार पवन गिरीलाई तेश्रो गीतको लागि बधाई दिंदै यो गीत मार्फत नेपाली सांगितिक दुनियाँँमा अझै बढी सफलता मिलोस भन्ने शुभकामना दिएका छन ।

वि.सं.२०७७ असार ३० मंगलवार १३:३४ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...