back
CTIZAN AD

बालुवाटारमा ओली–प्रचण्ड, विवाद समाधानकाे अन्तिम तयारी हुँदै

वि.सं.२०७७ असार ३१ बुधवार

675 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानका लागि भन्दै पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि वार्तामा जुटेका छन् । बालुवाटार स्रोतले जनाएअनुसार अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ ।

यसअघि मंगलबार पनि अध्यक्षद्वयबीच वार्ता भएको थियो । तर निष्कर्ष भने निस्केको थिएन । जनाइएअनुसार आजको बैठकमा निष्कर्ष निकाल्ने गरि छलफल हुनेछ ।

सत्तारुढ नेकपाभित्र विवाद चर्किएसँगै स्थायी कमिटी बैठक साउन २ सम्मको लागि स्थगित छ । विवाद बढ्दा शीर्ष नेताहरु बैठक नै रोकेर छलफलमा जुटेका थिए ।

गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएसँगै विवाद उत्कर्षमा पुगेको थियो । नेकपाभित्रका प्रचण्ड–माधव समुहका ३० स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेका थिए ।

वि.सं.२०७७ असार ३१ बुधवार १२:४६ मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...