back
CTIZAN AD

दलित सुमदायबाट पहिलो पटक सचिव बने डा. मानबहादुर विश्वकर्मा

वि.सं.२०७७ असार ३१ बुधवार

831 

shares

३१ असार, काठमाडौँ । नेपाल सरकारको सचिव पदमा पहिलो पटक दलित समुदायका व्यक्ति पुगेका छन् । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव डा. मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका हुन् ।

२०७७ असार २९ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा. बिकलाई सचिव पदमा बढुवाको निर्णय गरेको हो ।

लोकसेवा आयोगको अध्यक्ष उमेशनाथ मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठकले सचिवका लागि विकसँगै गोकर्णमणि दुवाडी र मधु मरासिनीको नाम सिफारिस गरेको थियो। तीनमध्येबाट विक सचिव बढुवा भएका हुन्।

पाल्पाको तत्कालिन देउराली गाविस लघुवामा जन्मिएका उनले स्थानीय भैरव जनता माविबाट एसएलसी पास गरेका थिए । २०४७ सालमा खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका उनले ब्राण्डाइज युनिभर्सिटी अमेरिकाबाट पोस्ट डक्टरेट गरेका छन् ।

बिक दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी हुने पनि पहिलो व्यक्ति थिए । उनी २०६० सालमा पहिलो पटक प्रमुख जिल्ला अधिकारी भएका थिए । बर्दिया, स्याङ्जा, चितवन, मकवानपुर, सिरहा, तनहुँ लगायतका जिल्लामा सिडियो भई काम गरेका उनले श्रम विभागको महानिर्देशक, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।

पहिलो पटक दलित समुदायबाट सचिव पदमा बढुवा भएकोमा खुशी व्यक्त गर्दै दलित एकता संजाल बहराईन परिवारको तर्फबाट डा विकलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

वि.सं.२०७७ असार ३१ बुधवार १३:११ मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...