
३१ असार, काठमाण्डौं । सुनको भाउ आज एकैदिन ६ सय रुपैयाँले बढेको छ ।
मंगलबार प्रतितोला ९२ हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ६ सय रुपैयाँले वृद्धि भएर ९२ हजार ८०० मा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९२ हजार ३६० मा कारोबार भइरहेको छ भने चाँदीको भाउ पनि पनि बढेको छ । मंगलबार ९९५ मा कारोबार भएको चाँदीको भाउ बुधबार १० रुपैयाँ बढेर प्रतितोला १ हजार ५ रुपैयाँ पुगेको छ ।
सोमबार उकालो लागेको सुनको मूल्य आज तल झर्यो, कति छ आज प्रतितोला ?