back
CTIZAN AD

ओलीमा शासन गर्ने नैतिक आधार नभएको कांग्रेसको ठहर

वि.सं.२०७७ असार ३१ बुधवार

783 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र रामबारे दिएको अभिव्यक्तिमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाएको छ । कांग्रेसले अयोध्याबारे विवादास्पद अभिव्यक्तिमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री ओलीमा शासन गर्ने नैतिक र राजनैतिक आधार नभएको पनि ठहर गरेको छ ।

बुधबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनीतिक आधार उहाँले गुमाएको थप पुष्टि हुन्छ । प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु हाम्रो कर्तव्य भएको छ– देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरुले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?’

कांग्रेसले कोरोना महामारीले सिर्जना गरेको संकटका बेला प्रधानमन्त्री ओलीले आफ्नो दायित्व भुल्दै व्यवहार अर्को तिर गरेको पनि बताएको छ । कांग्रेसले प्रधानमन्त्री देशको संस्कार, संविधान र संवेदनशीलताभन्दा पर व्यक्तिगत सनकमा हिंड्न नहुने बताएका छ ।

कांग्रेस प्रधानमन्त्री ओलीको अभिव्यक्तिमाथि प्रश्न गर्दै सरकार र सत्तारुढ दल नेकपाको जवाफ पनि माग गरेको छ । ‘देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन् ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ?’ विज्ञप्तीमा भनिएको छ, ‘संस्थागत प्रष्टीकरण अनिवार्यसँग आवश्यक भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति गम्भीर विमती प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग गर्दछु ।’

स्मरणरहोस्, भानु जयन्तीको दिन प्रधानमन्त्री ओलीले अयोध्या र रामबारे दिएको अभिव्यक्तिप्रति सत्तारुढ दलकै नेताहरुले विरोध जनाएका छन् । मंगलबार मात्रै दलका उपाध्यक्ष वामदेव गौतमले आफ्नो धारणा राख्दै ओलीलाई सार्वजनिक आत्मालोचन गर्न सुझाव दिएका थिए ।

यस्ताे छ कांग्रेसदृारा सार्वजनिक प्रेस विज्ञप्ती

वि.सं.२०७७ असार ३१ बुधवार १७:१७ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...