
३१ असार, काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन बुधबार सेयर कारोबार नेप्से दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा समग्रमा नेप्से परिसूचक १४.९ अंकले बढेर १३६२.३४ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ पनि ४.०६ अंकले बढेर २८८.२४ बिन्दुमा पुगेको छ ।
आज सूचिकृतमध्ये १८९ कम्पनीको कूल १ अर्ब १६ करोड ४ लाख ९१ हजार ५२२ रुपैंयाँ बराबरको ३२ लाख १२ हजार ९२४ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
कारोबार भएकामध्ये होटल, उत्पादन मूलक, लघुबित्त र जीवन बीमा कम्पनी उपसूचक समूहको परिसूचक ओरालो लागेको छ भने बैंकिङ्ग, व्यापार, विकास बैंक, जलबिद्युत, बित्त कम्पनी, निर्जीवन बीमा, अन्य र सामूहिक लगानी कोष उपसूचक समूहको परिसूचक भने बढेको छ ।
गुराँस लघुबित्त (६३), एनआईसि एसिया लघुबित्त(४८), नेपाल बंगलादेश बैंक (१४) लगायतका ९१ कम्पनीका लगानीकर्ताहरुले कमाउँदा बोटलर्स नेपाल (१७५), मिथिला लघुबित्त(४७), सुर्योदय लघुबित्त(३६) लगायत ७५ कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन ।