३१ असार, काठमाडौं । बिहिबारदेखि अर्का बैंकको एटिएम मसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ ।
लकडाउनका कारण अन्तर बैंक एटिएम र अनलाइन कारोबार निःशुल्क गरेका बैंकहरुले भोलि अर्थात् बिहिबारदेखि यस्तो कारोबारमा शुल्क लिने भएका छन् ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंक एसोसिएसन र नेपाल वित्तीय संस्था संघले बुधबार विज्ञप्ति जारी गर्दै भोलिदेखि एउटा बैंकको एटीमबाट अर्काे बैंकको एटिमबाट रकम निकाल्दा शुल्क लिने जनाएका छन् ।
सरकारले लकडाउन खुकुलो बनाएसँगै आवातजावत खुकुलो र बैंक खुकुलो भइसकेको अन्तर बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने तीनिहरुले निकालेको सूचनामा उल्लेख छ ।
नेपाल क्लियरिङ हाउसले दिने अन्तर बैंक भुक्तानी सेवामा पनि उसले शुल्क निर्धारण गर्ने विज्ञप्तिमा उल्लेख छ ।
वि.सं.२०७७ असार ३१ बुधवार १७:३५ मा प्रकाशित






























