
काठमाडौं । साझा यातायातले भोलि (बिहीबार)देखि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने भएको छ । सुरक्षा विधि अप्नाउँदै साझाले काठमाडौं उपत्यकाको ८ रुटमा गाडी चलाउने निर्णय गरेको हो ।
साझाले सुरुमा २६ वटा बसबाट सेवा दिनेछ । यात्रुको चाप बढेमा अरु बस पनि सञ्चालन गरिने साझाको भनाई छ ।
साझाले हरेक बिहान सञ्चालन हुने प्रत्येक बसलाई सेनिटाइज गर्ने र यात्रुलाई अनिवार्य मास्कको अनिवार्य प्रयोग गर्न आग्रह पनि गरेको छ ।
यी हुन् साझाका बसहरु सञ्चालन हुने रुटहरु
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
लामाटार, लगनखेल हुँदै रत्नपार्क
लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक