back
CTIZAN AD

मेलम्ची खानेपानी आयोजनाको सुरुङले बगाउँदा दुई बेपत्ता

वि.सं.२०७७ असार ३१ बुधवार

774 

shares

३१ असार, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको सुरुङको १७ नं गेट अकस्मात खुल्दा दुई जना बेपत्ता भएका छन् ।

मेलम्ची खानेपानी आयोजना परिक्षणका क्रममा अकस्मात गेटको ढोका खुल्न गरी ठूलो परिमाणमा पानी एकै साथ प्रवाह हुँदा आयोजनाका निर्माण व्यवसायीका इन्जिनियर सतिस गोइत र सवारी चालक राधाकृष्ण थापा मगर हराइरहेको खानेपानी मन्त्रालयले बताएको छ ।

‘सुरुङ मार्गको परीक्षणकै क्रममा मिति २०७७ असार ३० गते मध्यान्ह सुरुङ मार्गको निरीक्षण गर्न आयोजना तथा निर्माण व्यवसायीका इन्जिनियर एवम् प्राविधिकहरु अम्बाथान प्रवेश मार्ग हुँदै बा १ झ ८७६४ नम्बरको सवारी साधनबाट गेट न.१७ को नजिक पुगेको अवस्थामा उक्त गेटको ढोका अकस्मात खुल्न गई ठूलो परिमाणमा पानी एकैसाथ प्रवाह हुँदा प्राविधि टोलि रहेको सवारी साधनसहित उहाँहरुलाई पानीको बहाबले करिब दुई सय मिटर बगाई मेलम्ची खानेपानी आयोजनाका साइट इन्जिनियर शेखर खनाल र सर्र्भेक्षण सहयोगी पेम्बा दोर्जे तामाङ घाइते हुनुभएको र निर्माण व्यवसायीका इन्जिनियर सतिस गोइत र सवारी चालक राधाकृष्ण थापा मगर हराइ रहनु भएको छ ।’ मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

हराईरहेका इन्जिनियर गोइत र सवारी चालक थापाको प्रथामिकताका साथ खोजी भैरहेको बताइएको छ ।

वि.सं.२०७७ असार ३१ बुधवार १८:१९ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...