back

मेलम्ची खानेपानी आयोजनाको सुरुङले बगाउँदा दुई बेपत्ता

वि.सं.२०७७ असार ३१ बुधवार

159 

shares
RBB AD
NTC AD

३१ असार, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको सुरुङको १७ नं गेट अकस्मात खुल्दा दुई जना बेपत्ता भएका छन् ।

मेलम्ची खानेपानी आयोजना परिक्षणका क्रममा अकस्मात गेटको ढोका खुल्न गरी ठूलो परिमाणमा पानी एकै साथ प्रवाह हुँदा आयोजनाका निर्माण व्यवसायीका इन्जिनियर सतिस गोइत र सवारी चालक राधाकृष्ण थापा मगर हराइरहेको खानेपानी मन्त्रालयले बताएको छ ।

‘सुरुङ मार्गको परीक्षणकै क्रममा मिति २०७७ असार ३० गते मध्यान्ह सुरुङ मार्गको निरीक्षण गर्न आयोजना तथा निर्माण व्यवसायीका इन्जिनियर एवम् प्राविधिकहरु अम्बाथान प्रवेश मार्ग हुँदै बा १ झ ८७६४ नम्बरको सवारी साधनबाट गेट न.१७ को नजिक पुगेको अवस्थामा उक्त गेटको ढोका अकस्मात खुल्न गई ठूलो परिमाणमा पानी एकैसाथ प्रवाह हुँदा प्राविधि टोलि रहेको सवारी साधनसहित उहाँहरुलाई पानीको बहाबले करिब दुई सय मिटर बगाई मेलम्ची खानेपानी आयोजनाका साइट इन्जिनियर शेखर खनाल र सर्र्भेक्षण सहयोगी पेम्बा दोर्जे तामाङ घाइते हुनुभएको र निर्माण व्यवसायीका इन्जिनियर सतिस गोइत र सवारी चालक राधाकृष्ण थापा मगर हराइ रहनु भएको छ ।’ मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

हराईरहेका इन्जिनियर गोइत र सवारी चालक थापाको प्रथामिकताका साथ खोजी भैरहेको बताइएको छ ।

वि.सं.२०७७ असार ३१ बुधवार १८:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बागमती प्रदेशभर भोली सार्वजनिक बिदा

बागमती प्रदेशभर भोली सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा...

बुटवलको साढे तीन किलोमिटर सडक सातवर्षसम्म पनि नबनेपछि ठेक्का रद्द

बुटवलको साढे तीन किलोमिटर सडक सातवर्षसम्म पनि नबनेपछि ठेक्का रद्द

लुम्बिनी । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सात वर्षमा...

आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको...

विदेशमा मृत्यु भएकाहरुको शव ल्याउन आयोगको आग्रह

विदेशमा मृत्यु भएकाहरुको शव ल्याउन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा...