back

नेपालमा असार ३१ सम्मको कोरोना अपडेटः १७,१७७ संक्रमित, ११,०२५ निको, ३९ को मृत्यु

वि.सं.२०७७ असार ३१ बुधवार

159 

shares
RBB AD
NTC AD

३१ असार, काठमाण्डौं । नेपालमा बुधबार (३१ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ९८ हजार ८२९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ५,०९० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,११३ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २४ हजार ५२७ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका ११६ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ भने आज निको भएर डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ११
हजार २५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज एकको मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या ३९ पुगेको छ ।

आज ११६ जना कोरोना संक्रमित भेटिए
नेपालमा आज ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी सुर्खेतमा २८ जना, सप्तरीमा १३ जना र नवलपरासीपूर्वका ११ जनामा संक्रमण पुष्टि भएको छ । साथै आज काठमाण्डौंमा ७ जनामा संक्रमण पुष्टि भएको छ भने भक्तपुर र ललितपुर शून्य सक्रमित रहेका छन् ।

नेपालमा आज पनि ११६ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १७,१७७ पुग्यो


त्यस्तै म्याग्दीमा ९, चितवनमा ८, धनुषामा ६, रौतहटमा ५, कास्कीमा ३, तनहुँमा ३, सल्यानमा ३, दैलेखमा ३, जुम्ला, सल्यान र डडेल्धुरामा २÷२ जना र धनकुटा, मोरङ, ताप्लेजुङ, जाजरकोट, अछाम, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मुगु, पाल्पा र गोर्खामा १÷१ जनाामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ११६ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । जसमा ११ हजार २५ जना निको भएर घर फर्किएका छन् भने बाँकी ६,११४ जना देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत छन् ।

आज पनि ६९७ जनाले कोरोनालाई जिते
नेपालमा आज ६९७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत ६९७ जना संक्रमणबाट निको भएर डिस्चार्ज भएका हुन् । आज डिस्चार्ज भएका ६९७ जनासँगै नेपालमा हालसम्म ११ हजार २५ जना संक्रमणबाट मुक्त भएका हुन् । कूल संक्रमितमध्ये हालसम्म निको हुनेहरु ६४.२ प्रतिशत रहेको छ ।

क्वारेन्टिनमा रहनेको प्रदेश विवरण
प्रदेश १ मा ३०४१, प्रदेश २ मा २९४१, बाग्मती प्रदेशमा १८९६, गण्डकी प्रदेशमा ३८४४, प्रदेश नं ५ मा ४,५२२ कर्णाली प्रदेशमा १७५६ र सुदूरपश्मि प्रदेशमा ६५२७ गरी सातै प्रदेशका क्वारेन्टिनमा २४ हजार ५२७ रहेका छन् ।

आइसोलेशनमा रहनेको प्रदेश विवरण
प्रदेश १ मा ४०, प्रदेश २ मा १८९९, बाग्मती प्रदेशमा ४६६, गण्डकी प्रदेशमा ३६९ प्रदेश नं ५ मा ६५१, कर्णाली प्रदेशमा ३२० र सुदूरपश्मि प्रदेशमा २,३६८ जना गरी जम्मा ६,११३ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।

संक्रमितको प्रदेश विवरण
प्रदेश १ मा ७७८, प्रदेश २ मा ४४१६, बाग्मती प्रदेशमा ८३९, गण्डकी प्रदेशमा १,३०५ प्रदेश नं ५ मा ४०९३, कर्णाली प्रदेशमा १७८७ र सुदूरपश्मि प्रदेशमा ३,९५९ जना गरी
प्रदेश १ मा ३, प्रदेश २ मा २४ बाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा २७, प्रदेश नं ५ मा १, कर्णाली प्रदेशमा ४० र सुदूरपश्मि प्रदेशमा ३ जना गरी जम्मा ११६ जना संक्रमित भेटिएका हुन् ।

५०० भन्दा बढी संक्रमित भेटिएकोे जिल्ला
देशैभरीका ७७ जिल्लामा ५०० भन्दा बढी संक्रमित भेटिएका जिल्ला ५ रहेका छन् । मन्त्रालयका अनुसार ती जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेका छन् । साथै संक्रमित शून्य रहेका ४ जिल्लामा भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला रहेका छन् ।

आज १ को मृत्यु, मृतकको संख्या ३९ पुग्यो
नेपालमा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपाण्लमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रौतहट पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय एक पुरुषको कोरोनाका कारण आज (असार ३१ गते) उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट मृत्यु भएका दाइको दाहसंस्कार गरेर फर्किएका युवाको पनि संक्रमणबाट मृत्यु

कोरोना संक्रमणबाट मृत्यु भएका दाजुको अन्तिम संस्कारका लागि भारतको बेंग्लोर पुगेका उनी असार २४ गते नेपाल फर्किएपछि स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।

असार २९ गते रुघाखोकी ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि सोहि दिन नारायणी अस्पताल वीरगन्जको आइसीयुमा भर्ना गरेर उपचार गरिएको र सोहिदिन नमुना संक्रलन गरी हेटौडाको प्रयोगशालामा परक्षिण गर्दा असार ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा थप समस्या आएपछि आज बिहान भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको दिउँसो २ः३० मा मृत्यु भएको हो ।
रुघाखोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि २९ गते वीरगञ्जको नारायणी अस्पताल भर्ना भएका थिए । उनलाई बुधबार बिहानै भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । आइसियुमा भर्ना भएर उपचार भैरहेका उनमा आजै कोरोना देखिएको थियो ।

यस्तो छ हेर्नुहोस् नेपालमा असार ३० सम्मको कोरोना अपडेट (पूर्ण विवरणसहित)

वि.सं.२०७७ असार ३१ बुधवार १८:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
बागमती प्रदेशभर भोली सार्वजनिक बिदा

बागमती प्रदेशभर भोली सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा...

बुटवलको साढे तीन किलोमिटर सडक सातवर्षसम्म पनि नबनेपछि ठेक्का रद्द

बुटवलको साढे तीन किलोमिटर सडक सातवर्षसम्म पनि नबनेपछि ठेक्का रद्द

लुम्बिनी । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सात वर्षमा...

आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको...

विदेशमा मृत्यु भएकाहरुको शव ल्याउन आयोगको आग्रह

विदेशमा मृत्यु भएकाहरुको शव ल्याउन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा...