
३० असार, काठमाण्डौं । नेपालमा मंगलबार (३० असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ९३ हजार ७३९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,३६१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,६९५ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २४ हजार ७१६ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
आज थपिएका ११६ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ भने आज निको भएर ३४ डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १० हजार ३२८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आजसम्म मृतकको संख्या ३८ रहेको छ ।
आज ३४ जना डिस्चार्ज भए
नेपालमा आज कोरोना संक्रमणबाट निको भएर ३४ जना घर फर्किएका छन् ।
आज ३४ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १०,३२८ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत ३४ जना डिस्चार्ज भएर घर फर्किएका हुन् ।
आज निको भएका ३४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १० हजार ३२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज ११६ जनामा कोरोना संक्रमण
नेपालमा आज (असार ३० गते) ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बढी संक्रमित देखिएकामा धनुषामा २१, महोत्तरीमा १९ र अछामका १४ जना रहेका छन् ।
त्यस्तै दैलेखमा ६, पाल्पामा ६, दाङमा ५, कैलालीमा ४, जुम्लामा ४, धनकुटामा ३, अर्घाखाँचीमा ३, प्युठानमा ३ रोल्पामा ३ जना र इलाम, पर्सा, काठमाण्डौं, नवलपरासीपूर्व, गोर्खा र काभ्रेमा २\२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी झापा, सिरहा, ओखलढुंगा, सुनसरी, तेह्रथुम, नुवाकोट, रौतहट, सिन्धुली, बर्दिया, गोर्खा, कैलाली, कन्चनपुर, सिन्धुपाल्चोक बाँके र सुर्खेतमा १\१ जना गरी आज जम्मा ११६ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा आज ११६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो
आज थपिएका ११६ जनासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको छ । जसमा १०,३२८ जना निको भएर घर फर्किसकेका छन् । बाँकी ६,६९५ जना देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत छन् ।
आज संक्रमित हुनेको प्रदेश विवरण
प्रदेश १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा ४ जना, प्रदेश नं ५ मा २१ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा २९ जना रहेका छन् ।
आइसोलेशनमा उपचारतहरुहरुको प्रदेश विवरण
प्रदेश १ मा १०१ जना प्रदेश २ मा १९०७ जना, बाग्मती प्रदेशमा ४६५ जना, गण्डकी प्रदेशमा ५०२ जना, प्रदेश नं ५ मा ७४६ जना, कर्णाली प्रदेशमा ३७२ र सुदूरपश्चिम प्रदेशमा २५३२ जना रहेका छन् ।
कुन प्रदेशमा कति संक्रमित छन् त ?
प्रदेश १ मा ७७५ जना, प्रदेश २ मा ४,३९२ जना, बाग्मती प्रदेशमा ८२१ जना, गण्डकी प्रदेशमा १,२७८ जना, प्रदेश नं ५ मा ४,०९२ कर्णाली प्रदेशमा १,७४७ जना र सुदूरपश्चिम प्रदेशमा ३,९५६ जगरी जम्मा १७ हजार ६१ जना रहेका छन् ।
नेपालमा हालसम्म झण्डै १७ हजार कोरोना संक्रमित, १०,२९४ निको र ३८ जनाको मृत्यु