back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा असार ३० सम्मको कोरोना अपडेट (पूर्ण विवरणसहित)

वि.सं.२०७७ असार ३० मंगलवार

873 

shares

३० असार, काठमाण्डौं । नेपालमा मंगलबार (३० असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ९३ हजार ७३९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,३६१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,६९५ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या २४ हजार ७१६ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका ११६ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ भने आज निको भएर ३४ डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १० हजार ३२८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आजसम्म मृतकको संख्या ३८ रहेको छ ।

आज ३४ जना डिस्चार्ज भए
नेपालमा आज कोरोना संक्रमणबाट निको भएर ३४ जना घर फर्किएका छन् ।

आज ३४ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १०,३२८ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत ३४ जना डिस्चार्ज भएर घर फर्किएका हुन् ।
आज निको भएका ३४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १० हजार ३२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज ११६ जनामा कोरोना संक्रमण
नेपालमा आज (असार ३० गते) ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बढी संक्रमित देखिएकामा धनुषामा २१, महोत्तरीमा १९ र अछामका १४ जना रहेका छन् ।

त्यस्तै दैलेखमा ६, पाल्पामा ६, दाङमा ५, कैलालीमा ४, जुम्लामा ४, धनकुटामा ३, अर्घाखाँचीमा ३, प्युठानमा ३ रोल्पामा ३ जना र इलाम, पर्सा, काठमाण्डौं, नवलपरासीपूर्व, गोर्खा र काभ्रेमा २\२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी झापा, सिरहा, ओखलढुंगा, सुनसरी, तेह्रथुम, नुवाकोट, रौतहट, सिन्धुली, बर्दिया, गोर्खा, कैलाली, कन्चनपुर, सिन्धुपाल्चोक बाँके र सुर्खेतमा १\१ जना गरी आज जम्मा ११६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा आज ११६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

आज थपिएका ११६ जनासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको छ । जसमा १०,३२८ जना निको भएर घर फर्किसकेका छन् । बाँकी ६,६९५ जना देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत छन् ।

आज संक्रमित हुनेको प्रदेश विवरण
प्रदेश १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा ४ जना, प्रदेश नं ५ मा २१ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा २९ जना रहेका छन् ।

आइसोलेशनमा उपचारतहरुहरुको प्रदेश विवरण
प्रदेश १ मा १०१ जना प्रदेश २ मा १९०७ जना, बाग्मती प्रदेशमा ४६५ जना, गण्डकी प्रदेशमा ५०२ जना, प्रदेश नं ५ मा ७४६ जना, कर्णाली प्रदेशमा ३७२ र सुदूरपश्चिम प्रदेशमा २५३२ जना रहेका छन् ।

कुन प्रदेशमा कति संक्रमित छन् त ?
प्रदेश १ मा ७७५ जना, प्रदेश २ मा ४,३९२ जना, बाग्मती प्रदेशमा ८२१ जना, गण्डकी प्रदेशमा १,२७८ जना, प्रदेश नं ५ मा ४,०९२ कर्णाली प्रदेशमा १,७४७ जना र सुदूरपश्चिम प्रदेशमा ३,९५६ जगरी जम्मा १७ हजार ६१ जना रहेका छन् ।

नेपालमा हालसम्म झण्डै १७ हजार कोरोना संक्रमित, १०,२९४ निको र ३८ जनाको मृत्यु

वि.सं.२०७७ असार ३० मंगलवार १८:०६ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...