back
CTIZAN AD

नेपालमा आज ११६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

वि.सं.२०७७ असार ३० मंगलवार

798 

shares

३० असार, काठमाण्डौं । नेपालमा आज (असार ३० गते) ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बढी संक्रमित देखिएकामा धनुषामा २१, महोत्तरीमा १९ र अछामका १४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका ३, सिरहाका, सुनसरी र तेह्रथुमका १÷१ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १९ जना, महोत्तरीका १९ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा पर्सा र धनुषाका २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गोर्खा र नुवाकोटका १÷१ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका १ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा नवलपरासीपूर्वका २, रौतहट र सिन्धुलीका १÷१ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका २ जना र ओखलढुंगाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

टिचिङ अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा गोर्खा, कैलाली, काठमाण्डौं, पाल्पा, सिन्धुपाल्चोक र सुर्खेतका १\१ जनामा संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा प्युठानका ३ जना, भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका १, रोल्पाका ३, बर्दियाका १ दाङका ५ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जना र पाल्पाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका ६ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा अछामका १२ जना, जुम्लाका ४ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका २, कन्चनपुरका १ र कैलालीका ४ जना गरी आज जम्मा ११६ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका ११६ जनासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको छ । जसमा १०,३२८ जना निको भर घर फर्किसकेका छन् । बाँकी ६,६९५ जना देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचारत रहेको मन्त्रालयद्धारा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

नेपालमा आज १४४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १६,९४५ पुग्यो

 

वि.सं.२०७७ असार ३० मंगलवार १६:४० मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...