back
CTIZAN AD

मेयरका छोरा ५ लाख घुस लिँदै गर्दा पक्राउ

वि.सं.२०७७ असार ३१ बुधवार

756 

shares

३१ असार । सिरहाको कल्याणपुर नगरपालिकाको मेयर सूर्यनाथ मण्डलको छोरा सन्त मण्डल बुधबार दिउँसो ५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासको टोलीले लहान नगरपालिका २२ स्थित राजदेवी चोक नजिक एक निर्माणधिन पेट्रोल पम्पबाट कमिसन लेनदेन गरिरहेकै बेला मेयरका छोरा सन्त मण्डल सहित उनका साथी जितेन्द्र महतोलाई रङ्गेहात पक्राउ गरेको हो।

अख्तियार बर्दिवास कार्यालयको सूचना अधिकारी मणीराज ज्ञवालीका अनुसार अख्तियारको टोलीले दुवैजनालाई योजना डिपिआर गरेको भुक्तानी विषयमा सेवाग्रहीसँग घुस लिँदालिँदै समातिएका छन् ।

मेयर मण्डलले नगरपालिकाको डिपिआर गर्ने ब्यक्तिसँग भुक्तानी गरिदिए बापत ५ लाख रुपैयाँ घुस माग्दै आएको र सो रकम लिन मेयरले आफ्नो छोरा सन्त मण्डललाई लाहान पठाएको बुझिएको छ । अख्तियारका डिएसपी मधुकुमार थापाको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई घुस लिँदै गर्दा पक्राउ गरेको थियो।

वि.सं.२०७७ असार ३१ बुधवार १८:४६ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...