back
CTIZAN AD

कोरोना संक्रमणबाट मृत्यु भएका दाइको दाहसंस्कार गरेर फर्किएका युवाको पनि संक्रमणबाट मृत्यु

वि.सं.२०७७ असार ३१ बुधवार

879 

shares

३१ असार, काठमाण्डौँ । नेपालमा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपाण्लमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रौतहट पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय एक पुरुषको कोरोनाका कारण आज (असार ३१ गते) उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट मृत्यु भएका दाजुको अन्तिम संस्कारका लागि भारतको बेंग्लोर पुगेका उनी असार २४ गते नेपाल फर्किएपछि स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।

असार २९ गते रुघाखोकी ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि सोहि दिन नारायणी अस्पताल वीरगन्जको आइसीयुमा भर्ना गरेर उपचार गरिएको र सोहिदिन नमुना संक्रलन गरी हेटौडाको प्रयोगशालामा परक्षिण गर्दा असार ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा थप समस्या आएपछि आज बिहान भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको दिउँसो २ः३० मा मृत्यु भएको हो ।

रुघाखोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि २९ गते वीरगञ्जको नारायणी अस्पताल भर्ना भएका थिए । उनलाई बुधबार बिहानै भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । आइसियुमा भर्ना भएर उपचार भैरहेका उनमा आजै कोरोना देखिएको थियो ।

वि.सं.२०७७ असार ३१ बुधवार १६:५८ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...