३१ असार,काठमाण्डौं । नेपालमा आज ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी सुर्खेतमा २८ जना, सप्तरीमा १३ जना र नवलपरासीपूर्वका ११ जनामा संक्रमण पुष्टि भएको छ । साथै आज काठमाण्डौंमा ७ जनामा संक्रमण पुष्टि भएको छ भने भक्तपुर र ललितपुर शून्य सक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार आज बीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ र ताप्लेजुङका १÷१ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नुवाकोटका १, काठमाण्डौंका ४, सिन्धुपाल्चोकका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका २ जना, भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका ८ जना, नवलपरासीपूर्वका ११ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका ५ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा धादिङ, काठमाण्डौं, पाल्पा र गोर्खाका १\१ जनामा संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ३ जना,प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका ३, म्याग्दीका ९ जना, चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका ३ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा अछामका १, दैलेखका ३, जाजरकोटका १, जुम्लाका २, मुगुका १, सल्यानका २ जना, सुर्खेतका २८ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुरका २ जनामा संक्रमण पुष्टि भएसँगै आज जम्मा ११६ जनामा संक्रमण पुष्टि भएको छ ।
आज थपिएका ११६ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । जसमा ११ हजार २५ जना निको भएर घर फर्किएका छन् भने बाँकी ६,११४ जना देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत छन् ।
नेपालमा आज ११६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो
वि.सं.२०७७ असार ३१ बुधवार १६:४३ मा प्रकाशित






























