back
CTIZAN AD

बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

वि.सं.२०७३ पुस १४ बिहीवार

963 

shares

१४ पुस,खजुरा (बाँके) । बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु गरिएको छ ।

पाठेबाघको उपयुक्त वासस्थानका रुपमा लिइएको नेपालकै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा कार्यालयमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सो कार्यको शुभारम्भ गर्नुभएको हो ।

जेड एसआइ नेपालको सहयोगमा बाँके निकुञ्ज कार्यालय र बर्दियास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषकोे संयुक्त पहलमा क्यामेरा ट्रयापिङको माध्यमबाट बाघको गणना गरिने भएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनका अनुसार निकुञ्ज स्थापना कालदेखि नै बाघको निकुञ्जमा बसोबास भएकाले प्रत्येक वर्ष गणना हुँदै आएको र बाघको उपयुक्त स्थलका रुपमा लिइएको यस निकुञ्जमा प्रत्येक वर्ष झै यस वर्ष पनि बाघको सङ्ख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

मध्यवर्ती वन र सामुदायिक वन समेटेर १२२ वटा ग्रिडलाई दुई भागमा विभाजन गरी १३० वटा क्यामेरा जडान गरिएको छ । गणना गर्दा ग्रिडअनुसार बाघ हिँडने सम्भावित क्षेत्रमा क्यामेरा राखिने र प्रति ०.३ सेकेन्डमा तीन पटक फोटो खिच्ने र फोटो क्यामेरामै सुरक्षित राख्ने पछि सफ्टवयरको माध्यमबाट निकालिने जेड एसआइका प्राविधिक शैलेन्द्रराज अधिकारीले जानकारी दिनुभयो ।

प्रत्यके वर्ष गरिँदै आएको गणनामा हाल बाँके राष्ट्रिय निकुञ्जमा सात वटा बाघ रहेका छन् । सन् २०१३ मा गरिएको गणनामा तीन वटा, २०१४ मा चार वटा, २०१५ मा छ वटा र २०१६ मा नौ वटा देखिएको थियो तर दुई वटा बाघ भने बर्दिया र बाँकेको उस्तै देखिएकाले सात वटालाई मान्यता दिइएको थियो । रासस

वि.सं.२०७३ पुस १४ बिहीवार ०७:०३ मा प्रकाशित

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...