back
CTIZAN AD

अखिलको भारतस्तरीय भेला सम्पन्न

वि.सं.२०७३ पुस १४ बिहीवार

1.1K 

shares

भारतको राजधानी शहर नयाँ दिल्लीमा नेपाली विद्यार्थीहरुद्वारा आयोजित विद्यार्थी भेला सम्पन्न भएको छ । भेलाको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत विद्यार्थी विभागको नामाकरण गरि अखिल भारत नेपाली विद्यार्थी संघ राखेको छ । दुई दिनसम्म चलेको प्रशिक्षण र अखिल भारत स्तरीय भेलाले प्रकाश भण्डारीको अध्यक्षतामा भेलाले ११ पूर्ण, ३ वैकल्पिक र ५ सल्लाहकार गरि १९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– विक्रम केसी (चेन्नई), सचिव– अजय आचार्य (नई दिल्ली),सहसचिव– कृष्टि राई (भिवाडी) र कोषाध्यक्ष– अजय रेश्मी (फरीदावाद) रहनुभएको छ। त्यस्तै सदस्यमाः विष्णु वेल्वासे (चण्डीगढ), विरु रसाली (लखनऊ), जीवन आचार्य (हैदरावाद), दिपक भुसाल (नई दिल्ली), प्रकाश दयाल (बेंगलोर) र एक स्थान) रिक्त रहेको छ । वैकल्पिक सदस्यमाः नरबहादुर विक (चेन्नई), बसन्ता रिजाल (लुधियाना) र एक स्थान रिक्त रहेको छ । त्यस्तै सल्लाहकारमा प्रतिमा विक (बेंगलोर), मनोज परियार (भूवनेश्वर), तेजेन्द्र शर्मा (हैदरावाद) र स्थान रिक्त रहेको छ ।

भेलाको विधीवत उद्घाटन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका बरिष्ठ सल्लाहकार तथा पूर्व सांसद हरि आचार्यले गर्नुभएको थियो । आचार्यले भेलाको उद्घाटन मन्तव्य दिंदै– इतिहासमा अखिल भारत नेपाली विद्यार्थी संघले नेपालको राजनीतिक क्षेत्रलाई कैयौं हस्तिहरु प्रदान गर्नुका साथै देशका राजनीतिक पक्षमा समेत राम्रो दखल पु¥याएको बताउनु भयो । रामबहादुर बुढा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव तथा अनेरास्ववियु
(छैठौं) का पूर्व महासचिव, मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, हिरासिंह चन्द, महासचिव खगेश्वर शर्मा, सदस्य ठाकुर खनाल, मतिराज गौतम, नारायण शर्मा, अखिल भारत नेपाली विद्यार्थी संघका पूर्व अध्यक्ष ज्ञानप्रसाद भुसाल,सचिव वेलबहादुर रजाली, सदस्य कृष्ण कुंवर, विश्व नेपाली साप्ताहिकका धनवीर पुन लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन अजय आचार्यले र अध्यक्षता विक्रम केसीले गर्नुभएको थियो । भेलामा उपस्थित जनसमुदायलाई विरु रसालीले स्वागत गर्नुभएको थियो । उक्त भेलामा भारतका १८ शहरहरुदेखि विद्यार्थीहरुको उपस्थिति रहेको थियो । घोषणा सभाको अध्यक्षता विष्णु वेलवासेले र सञ्चालन अजय रेश्मीले गर्नुभएको थियो ।

वि.सं.२०७३ पुस १४ बिहीवार ०७:५३ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...