भारतको राजधानी शहर नयाँ दिल्लीमा नेपाली विद्यार्थीहरुद्वारा आयोजित विद्यार्थी भेला सम्पन्न भएको छ । भेलाको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत विद्यार्थी विभागको नामाकरण गरि अखिल भारत नेपाली विद्यार्थी संघ राखेको छ । दुई दिनसम्म चलेको प्रशिक्षण र अखिल भारत स्तरीय भेलाले प्रकाश भण्डारीको अध्यक्षतामा भेलाले ११ पूर्ण, ३ वैकल्पिक र ५ सल्लाहकार गरि १९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– विक्रम केसी (चेन्नई), सचिव– अजय आचार्य (नई दिल्ली),सहसचिव– कृष्टि राई (भिवाडी) र कोषाध्यक्ष– अजय रेश्मी (फरीदावाद) रहनुभएको छ। त्यस्तै सदस्यमाः विष्णु वेल्वासे (चण्डीगढ), विरु रसाली (लखनऊ), जीवन आचार्य (हैदरावाद), दिपक भुसाल (नई दिल्ली), प्रकाश दयाल (बेंगलोर) र एक स्थान) रिक्त रहेको छ । वैकल्पिक सदस्यमाः नरबहादुर विक (चेन्नई), बसन्ता रिजाल (लुधियाना) र एक स्थान रिक्त रहेको छ । त्यस्तै सल्लाहकारमा प्रतिमा विक (बेंगलोर), मनोज परियार (भूवनेश्वर), तेजेन्द्र शर्मा (हैदरावाद) र स्थान रिक्त रहेको छ ।
भेलाको विधीवत उद्घाटन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका बरिष्ठ सल्लाहकार तथा पूर्व सांसद हरि आचार्यले गर्नुभएको थियो । आचार्यले भेलाको उद्घाटन मन्तव्य दिंदै– इतिहासमा अखिल भारत नेपाली विद्यार्थी संघले नेपालको राजनीतिक क्षेत्रलाई कैयौं हस्तिहरु प्रदान गर्नुका साथै देशका राजनीतिक पक्षमा समेत राम्रो दखल पु¥याएको बताउनु भयो । रामबहादुर बुढा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव तथा अनेरास्ववियु
(छैठौं) का पूर्व महासचिव, मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, हिरासिंह चन्द, महासचिव खगेश्वर शर्मा, सदस्य ठाकुर खनाल, मतिराज गौतम, नारायण शर्मा, अखिल भारत नेपाली विद्यार्थी संघका पूर्व अध्यक्ष ज्ञानप्रसाद भुसाल,सचिव वेलबहादुर रजाली, सदस्य कृष्ण कुंवर, विश्व नेपाली साप्ताहिकका धनवीर पुन लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन अजय आचार्यले र अध्यक्षता विक्रम केसीले गर्नुभएको थियो । भेलामा उपस्थित जनसमुदायलाई विरु रसालीले स्वागत गर्नुभएको थियो । उक्त भेलामा भारतका १८ शहरहरुदेखि विद्यार्थीहरुको उपस्थिति रहेको थियो । घोषणा सभाको अध्यक्षता विष्णु वेलवासेले र सञ्चालन अजय रेश्मीले गर्नुभएको थियो ।
वि.सं.२०७३ पुस १४ बिहीवार ०७:५३ मा प्रकाशित