back

नेकपा सचिवालय बैठक सम्पन्न, जुटेन सहमती

वि.सं.२०७७ साउन ३ शनिवार

141 

shares
NTC AD
Global IME AD

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अध्यक्षद्वयबाटै सहमतीय खोज्ने निर्णयसहित सम्पन्न भएको छ । पार्टी विवाद समाधान गर्ने भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै चार घण्टा चलेको सचिवालय बैठक पुनः अध्यक्षद्वयबाटै समाधान खोज्ने निर्णयसहित सम्पन्न भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

पत्रकारसँग कुराकानी गर्दै उनले बैठकमा पार्टी विवाद कसरी हल गर्ने र एकतालाई कसरी जोगाउने भन्नेमा रहेको बताए । बैठकमा सबै नेताहरुले खुलेर आफ्नो कुरा राखेको उनको भनाई छ ।

श्रेष्ठका अनुसार बैठकमा सहमतीका लागि कुनै औपचारिक प्रस्ताव भने आएको थिएन । उनले जनाएअनुसार भोली बोलाइएको स्थायी समिति बैठक निर्धारित समयमै बस्नेछ ।

नेकपाभित्र विवाद बढ्दै जाँदा जारी स्थायी समिति बैठक असार १८ देखि बारम्बार स्थगित हुँदै आएको छ । स्थायी समिति बैठकका बीच प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएसँगै नेकपाभित्र विवाद चर्किएको थियो । प्रधानमन्त्रीले भने राजीनामा नदिने बताउँदै आएका छन् ।

बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवासतिर लागेका छन् ।

वि.सं.२०७७ साउन ३ शनिवार २०:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...