back
CTIZAN AD

नेकपा सचिवालय बैठक सम्पन्न, जुटेन सहमती

वि.सं.२०७७ साउन ३ शनिवार

747 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अध्यक्षद्वयबाटै सहमतीय खोज्ने निर्णयसहित सम्पन्न भएको छ । पार्टी विवाद समाधान गर्ने भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै चार घण्टा चलेको सचिवालय बैठक पुनः अध्यक्षद्वयबाटै समाधान खोज्ने निर्णयसहित सम्पन्न भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

पत्रकारसँग कुराकानी गर्दै उनले बैठकमा पार्टी विवाद कसरी हल गर्ने र एकतालाई कसरी जोगाउने भन्नेमा रहेको बताए । बैठकमा सबै नेताहरुले खुलेर आफ्नो कुरा राखेको उनको भनाई छ ।

श्रेष्ठका अनुसार बैठकमा सहमतीका लागि कुनै औपचारिक प्रस्ताव भने आएको थिएन । उनले जनाएअनुसार भोली बोलाइएको स्थायी समिति बैठक निर्धारित समयमै बस्नेछ ।

नेकपाभित्र विवाद बढ्दै जाँदा जारी स्थायी समिति बैठक असार १८ देखि बारम्बार स्थगित हुँदै आएको छ । स्थायी समिति बैठकका बीच प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएसँगै नेकपाभित्र विवाद चर्किएको थियो । प्रधानमन्त्रीले भने राजीनामा नदिने बताउँदै आएका छन् ।

बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवासतिर लागेका छन् ।

वि.सं.२०७७ साउन ३ शनिवार २०:०८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...